रेडक्रस रुपन्देहीले सञ्चालनमा ल्यायो “ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप“


भैरहवा, असोज २० गते । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले “ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप“ सञ्चालनमा ल्याएको छ । सफ्टवेयर तथा मोबाइल एप“ सञ्चालनमा ल्याएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला उपसभापति रुक्मा कुमारी हिराचनले ब्लड बैंकले राम्रो कामको थालनी गरेको भन्दै सफ्टवेयरबाट रगतको आवश्यक्तालाई छिटोछरितोरुपमा नागरिकलाई सहज पु¥याउने विश्वास व्यक्त गरिन् ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा भैरहवाका कोषाध्यक्ष तथा कार्यक्रमका संयोजक सुशील गुरुङले सफ्टवेयर कम्पनीसँग समन्वय गरेर नागरिकलाई सहज पु¥याउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् रेडक्रसलाई भन्दापनि समुदायलाई फाइदा पुग्ने प्रविधिको उपयोग गर्दै सफ्टवेयरलाई विस्तार गरिएको बताए ।

रुपन्देहीमा रगतको आवश्यक्ता र महत्त्वलाई थप प्रभावकारी बनाउनका लागि मोबाइल एपले सहयोग पुग्ने जनाए । उनले थपे– सफ्टवेयरले नाम थर, ठेगाना, ब्लड ग्रुप, जातजाति, लिंग, समुदाय जस्ता कुराहरुलाई डाटाबेसमा राखिएको संयोजक गुरुङले बताए ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश उपसभापति लालप्रसाद पंगेनीले नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले “रक्त सञ्चार सेवा“ लाई अत्याधुनिक, व्यवस्थित, मितव्ययी, जवाफदेही पारदर्शी तथा डिजिटल रुपमा सञ्चालन गर्न सफ्टवेयरको आवश्यक्तालाई महसुस गर्दै लुम्बिनी टेकसँग समन्वय गरेर सफ्टवेयर सञ्चालनमा ल्याईएकोमा जिल्ला शाखा भैरहवालाई धन्यवाद दिदै सेवालाई चुस्त बनाउन सुझाए ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका अध्यक्ष दीपक क्षेत्री न्यौपाने सफ्टवेयरले स्वचालित विलिङ सिस्टम र विल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर र पासवर्ड, ल्याब रिपोर्ट, डोनर कार्ड, डोनर सर्टिफिकरट, नगर भौचर इमेल मार्फत पठाउने मिल्ने, डोनर सर्टिफिकेट प्रिन्ट गर्न मिल्ने (जसमा निश्चित फर्मेटमा हस्ताक्षरसहित समावेश गरिएको) र सम्भावित रक्तदान कार्यक्रम तालिका (आयोजक, मिति, सम्भावित रक्तदाता, रक्तदान स्थान) रगत एक्सपाइरी एलार्म सिस्टम लगायत सेवाहरु सहज बनाउने काम गरिएको भन्दै रेडक्रसलाई समयानुकूल परिवर्तन गर्दै लजाने कोसिसमा रहेको र जसले आवश्यक्ता अनुसार नागरिकलाई रगत उपलब्धका लागि प्रविधिको सहायताले छिटो सेवा दिने जनाए ।
२०२७ साल साउन ७ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले हालसम्म सिमित स्रोत साधनबाट सञ्चालन गर्दै नियमितरुपमा मानवीय सेवालाई निरन्तरता दिदै आइएको जनाइएको छ ।
जिल्लामा रगतको आवश्यक्ता र महत्त्वलाई मध्यनजर गर्दै सोसाइटीले २०३४ साल कार्तिक २० गतेबाट “रक्त सञ्चार सेवा केन्द्र बुटवल“ र २०५७ साल फागुन १२ गतेबाट “रक्त सञ्चार सेवा एकाई भैरहवा“ को स्थापना गरी ४ सय ५६ भन्दाबढी सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहयोग र २८ वटा विभिन्न पालिकाहरुसँग निःशुल्क रगत प्रदान गर्ने सम्झौता गरी हाल बार्षिक रुपमा करिव ३२ हजार पिन्ट रगत संकलन र आपुर्ति गरिरहेको जानकारी गराइएको थियो । ३२ हजार पीन रगत गत आर्थिक बर्षमा रगत वितरण गरिएको बताइएको थियो ।























