रुपन्देही उद्योग संघमा सबै पदमा सर्वसम्मत

अध्यक्षमा पौडेल, महासचिवमा खत्री र कोषाध्यक्षमा भट्टराई

 

 

बुटवल, २२ असोज ।
रुपन्देही उद्योग संघको आगामी नेतृत्व सर्वसम्त चयन भएको छ । २२ औं अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि निर्धारित उम्मेदवारी दर्ता कार्यक्रम अनुसार शुक्रवार आज उम्मेदवारी फिर्ताको समयमा महासचिव र सचिव खुल्लामा उम्मेदवारी दर्ता गरेका क्रमशः माया खनाल र यमलाल भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि सबै पदमा निर्विरोध भएको हो ।

माधव प्रसाद पौडेल

निर्वाचन समितिका अनुसार संघको अध्यक्षमा माधव प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । यसैगरि बरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्धिप्तीय उपाध्यक्षमा जिवकान्त काफ्ले चयन हुनुभएको छ ।
महासचिवमा हरी बहादुर खत्री र कोषाध्यक्षमा हिरामणी भट्टराइ निर्वाचित हुनु भयो।

हरी बहादुर खत्री

हिरामणी भट्टराइ

त्यसैगरी संघको सचिवमा बसन्त ढकाल र महिला सचिवमा मन्जु भुसाल तथा सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवाली चयन हुनुभयो ।
यता एसोसिएट तर्फ सुमन बस्याल र तुल्सी गुरुङ्ग, आजिबन सदस्य तर्फ माधव नेपाल, संस्थागत सदस्य तर्फ अशोक कुंवर, महिला सदस्यतर्फ सारदा भटराई र मिना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली निर्वाचित हुनु भयो।
संघको खुल्ला तर्फका सदस्यहरुमा प्रेम आले, लाल प्रसाद बस्याल, राजु घिमिरे, बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल, लाल बहादुर थापा र नेत्र रुचाल रहेका छन भने बुटवल उपमहानगर पालिकाबाट लालहरी पाण्डे र जमुना पो
खरेल तिलोत्तमा नगरपालिकाबाट बिशाल बेल्वासेर शुद्धोधन गाउपालिकाबाट रमेश खनाल सर्वसम्मत चयन भएका छन् ।
संघको अधिवेशनको भोली शनिवार पूर्वअर्थमन्त्री विष्णु पोडेलले उद्घाटन गर्नु हुने संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।