रद्द भयो गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति


काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीउपर जाँचबुझ गर्न गठित समिति रद्द गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले २०७८ चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्न गठन गरेको समिति रद्द गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा समिति बनाएको थियो । समितिको सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा थिए ।























