विद्यार्थीले सही प्रकारको राजनीति बुझ्नु पर्छ – चित्रबहादुर
बुटवलमा अखिल छैठौंको राष्ट्रिय सम्मेलन


बुटवल, असोज २२ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलहरुको दलालीपूर्ण राजनीतिका कारण मुलुकै नरहने अवस्था देखिएको बताएका छन् । आफुलाई ठूलो दल भन्नेहरुले सत्ताका लागि देशी विदेशी तत्वहरुसंगको सांठगाठ गर्दा नेपालको राष्ट्रिता, स्वतन्त्रता र स्वाधीनता कमजोर भएको नेता केसीको दावी छ ।
शुक्रबारदेखि रुपन्देहीको बुटवलका शुरु भएको अखिल छैठौंको २२ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता, गणतन्त्रको रक्षाका लागि विद्यार्थीले राजनीति बुझ्नु पर्ने बताए ।
पूर्पउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले विद्यार्थीले सही प्रकारको राजनीति बुझेमा देशमा जनताले चाहेको परिवर्तन हुन सक्ने बताए । नेपालको शिक्षा नीतिले विदेशीको दलाली र चाकडी गर्ने जनशक्ति तयार गरिरहेको बताउंदै अहिलेका सत्ताधारी नेतृत्व राजनीतिक रुपमा नै विचलित भइसकेकाले त्यस्तो नेतृत्वबाट सही शिक्षा नीति बन्नै नसक्ने अध्यक्ष केसीको तर्क छ ।
अध्यक्ष केसीले भागबण्डा नमिल्दा मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको उल्लेख गर्दै ठूलादलहरुमा देखापरेको राजनीतिक विकृति र विसंगतिको परिणामले निम्ताएको अक्रमण्यताको फल नेपाली जनताले भोगिरहेको बताए ।
नेता केसीले ओलीले संसद विघठन गर्दै प्रतिगमनकारी कदम चाल्दा त्यसको विरुद्धमा एक ठाउंमा भएको गठबन्धनले जनताको आकांक्षा अनुरु कामगर्न नसकेको बताए ।
उनले संघीयताका कारण राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता संकटमा परेको बताउंदै एमसीसीका बिरुद्व राष्ट्रवादी शक्ति एक ठाउंमा उभिने बेला आएको बताए । पार्टी भित्रको विवाद वामपन्थी संकिणवादको संकेत भएको बताउंदै आफ्नो कुनै क्रान्तिकारी लाईन दिन नसक्ने तर पार्टीले दक्षिण पन्थीलाईन लियो भन्ने प्रवृति नै वामपन्थी संकिणवादको एक उदाहरण भएको चित्रबहादुर केसीको दावी छ ।
नेता केसीले आफूहरु जनवादी व्यवस्थाको पक्षपोषक उल्ेख गर्दै राष्ट्रिय जनमोर्चा जनवादी व्यवस्थाको पक्षधर हो भने ।

लुम्बिनी प्रदेश सभा सदस्य तारा जीसीले शिक्षा नीति सही प्रकारको नहुंदा देशमा सटिपिकेट प्राप्त गरेका हजारौ विद्यार्थी बिरोजगार भएर विदेश पलाएन हुनुपरेको बताउंदै शिक्षामा आमूल परिवर्तन आजको आवश्यक्ता रहेको बताइन ।
अखिल छैठौंका केन्द्रिय अध्यक्ष विमल पोखरेलले अहिले शिक्षा प्रणाली असफ सिद्व भएको उल्लेख गर्दै देशको शिक्षा प्रणाली नै गलत भएका कारण बेरोजगार बढेको बताए । शिक्षाको दालालीकरण र माफिया करण फैरहको भन्दै त्यसको जालो तोड्न सशक्त आन्दोनको आवश्यक रहेको अध्यक्ष पोखरेलको भनाइ छ ।
अखिल छैठौंका पूर्व केन्द्रिय अध्यक्ष कृष्ण अधिकारीले बैज्ञानिक, जनवादी र व्यवहारिक शिक्षा ल्याउनका लागि अखिल छैठौं कसैसंग नझुक्ने बताए । शिक्षामा रहेका सबै प्रकारका विसंगति र विकृति हटाउंदै व्यवहारिक शिक्षाका लागि शैक्षिक आन्दोलन आवश्यक रहेको बताए । कार्यक्रममा अखिल क्रान्तिकारिका केन्द्रिय अध्यक्ष प्रकाश शाही, नेकपा निकट अखिल क्रान्तिकारिका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल, नेपाल विद्यार्थी संघका केन्द्रिय उपसभापति मुक्तिराज पौडेल, अनेरास्वयू केन्द्रिय उपाध्यक्ष यमराज पाण्डे, नेकपाएकीकृत समाजवादीनिकटको अनेरास्वयूका केन्द्रियअध्यक्ष सुदश पराजुली लगायतले बोल्दै शिक्षालाई पूर्णरुपमा राष्ट्रीय करण गरी निशुल्क र शर्वशुलभ बनाउन विद्यार्थी एकता हुनुपर्नेमा जोड दिए ।
अखिल छैठौका अध्यक्ष विमल पोखरेलको अध्यक्षता र सचिव शुभास जीसीको सञ्चालनमा भएको कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका अध्यक्षबद्रे आलम, जातीय समता समाजका केन्द्रिय अध्यक्ष राजेश विक, अखिल नेपाल किसान संघका उपाध्यक्ष चन्द्र बहादुर केसी, जनजाति सम्मेलनका केन्द्रिय अध्यक्ष निमबहादुर बुढा, अखिल नेपाल शिक्षक संघकी कमला बञ्जाडे, अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल नेपाल महिला संघका केन्द्रिय महासचिव सकुन्तला रानालगायतले आआफ्ना भनाइ राखेका थिए । उद्घाट कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।
तीन दिनसम्म चल्ने सम्मेलनले नयां नेतृत्व चयन गर्ने छ ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










