मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलमा निःशुक शिक्षा


बुटवल, असोज २२ गते । बुटवल ११ दुर्गानगरमा मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुल सञ्चालन गरिएको छ । आमाबुवा नभएका टुहुरा तथा आर्थिक अवस्था कमजोर भएका बालवालिकालाई पढाउने उद्वेश्यले स्कुल सञ्चालन गरिएको हो । 

स्व. लिला अर्यालको स्मृतिमा स्थापना गरिएको उक्त मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलमा अहिले २२ जना विद्यार्थीले निःशुल्क पढ्दै आएका छन् । यसै शैक्षिक सत्रदेखि प्ले गु्रपबाट स्कुल सञ्चालन गरिएको र प्रत्येक वर्ष एक कलास बढाउंदै लैजाने मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलका अध्यक्ष महेन्द्र अर्यालले जानकारी गराए ।
मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलको प्रारम्भिक साधारण सभा तथा दशैं मिलन कार्यक्रम यही असोज २१ ग्ते सोमबार सम्पन्न भएको छ । आमाबुवा नभएका टुहुरा र आर्थिक अवस्था कमजोर भए स्कुलको पहुंचमा नपुगेका बालबालिकाहरुलाई विशेष प्राथमिकता दिएर निःशुल्क रुपमा शिक्षा दिने उद्वेश्यले स्कुल सञ्चालन गरिएको अध्यक्ष महेन्द्र अर्यालले बताए । 

शुरुमा स्कुल सञ्चालन गर्दा केही समस्या आएपनि अहिले सबैले बुझ्दै गएपछि स्थानीयदेखि सबै क्षेत्रले साथ सहयोग दिन थालेपछि स्कुलले गति लिएको र विद्यार्थी पनि थपिदै गएको अध्यक्ष अर्यालले बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनका लागि दक्ष शिक्षकहरु राखिएको उल्लेख गर्दै मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलले दक्ष नागरिक उत्पादन गर्ने उद्देश्य राखेको बताउंदै बिरोधका लागि बिरोध नर्गन आग्रह गर्दै राम्रो कामका लागि एक ठाउं उभिन आग्रह गरे । 
उक्त कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले समाजमा राम्रो काम गर्नेलाई सबैले सधै साथ सहयोग गर्नुपर्ने बताउंदै राम्रो काम गर्न खोज्दा खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्न राम्रो काम गर्दै जानुपर्ने बताए । 
प्रमुख जिल्ला अधिकारी अर्यालले आफुले रुपन्देहीमा १३ महिनाको अबधीमा हरेक महिना २ वटा राम्रा काम गरेको जानकारी गराउंदै गरिब निमुखाका छोराछोरीलाई निःशुल्क पढाउन खोलिएको मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुललाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। एनले राज्यको हितमा काम गर्नका लागि राज्यसंगै झोली थापेर काम गरेको अनुभव सुनाउंदै व्यक्तिको हित र उन्नतीका लागि आर्थिक रुपमा झोली थाप्न हुदैन समग्र समाजलाई फाइदा हुने कामका लागि झोली थापेर काम गर्न कसैसंग लाज मान्न नहुने बताउंदै भने महेन्द्र अर्यालले जस्ते काम गरेर समाज सभ्य र विकसित हुन्छ । 
सिमली इन्टरनेश्नल पाउण्डेशनका निर्देशक डाक्टर शिशिर अर्यालले मेरा आमा स्व. लिलादेवी अर्यालले कपिलवस्तुमा हिलो मुक्त गाउं बनाउने अभियानसंगै बुटवल आएपछि गरिब तथा गिटी कुट्नेका छोराछोरी निःशुल्क पढाउने इच्छा थियो । त्यही इच्छा पुरा गर्न स्कुल खोलिएको उल्लेख गर्दै हाम्रो घरपरिवारका सदस्यले कमाएको पैसाबाट १५ प्रतिशत सिमली इन्टरनेशनल पाउण्डेशनमा संकलन गरेर समाज सेवामा खर्च गर्ने गरिएको जानकारी गराए । निर्देशक डाक्टर शिशिर अर्यालले अहिले २४ जना वृद्दवृद्दालाई भत्ता वितरण गर्ने गरिएको जानकारी गराए ।
कार्यक्रममा बह्माकुरमारी राज योगीनी कमला दिदी, अन्तरधार्मिक सद्भाव संघका केन्द्रिय सल्लाहाकार ऋषी आजाद, रोटरी क्लव अफ बुटवलका अध्यक्ष थानेश्वर घिमिरे, लगायतले बोल्दै स्कुल सञ्चालनका लागि सबैको साथ सहयोग आवश्यक पर्नेमा जोड दिए ।
मितेरी इन्टरनेशनल सिमली मण्टेश्वरी स्कुलका अध्यक्ष मेहन्द्र अर्यालको अध्यक्षता र प्रध्यापक मधु महत्राको सञ्चालनमा कार्यक्रम भएको थियो । 
कार्यक्रममा स्कुलका आजीवन सदस्य, सदस्य, उत्कृष्ट काम गर्ने कर्मचारी र समाजसेवीलाई सम्मान गरिएको थियो । त्यसतै उक्त कार्यक्रममा एसके डान्स स्टुडियोले नेपाली कलासंस्कृति झल्कने खालका गीत तथा नृत्य प्रस्तुत गरेको थियो । 






















