रास्वपाका कार्यकर्ताले पोखरामा निषेधाज्ञा तोडेरे प्रदर्शन


पोखरा, कार्तिक ४ गते । रास्वपाका कार्यकर्ताले पोखरामा निषेधाज्ञा तोडेरे प्रदर्शनमा उत्रेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको हो । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको थियो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र रास्वपाका नेता तथा कार्यकर्र्ताबीच धकेलाधकेल भैरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।
निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । रास्वपाका सभापति सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेपछि त्यसको बिरोध गर्दै रास्वपा बिरोधमा उत्रिएको छ ।
























