बुटवलमा लाग्ने व्यापार मेलाका जिम्मेवारी वाडफाँड


बुटवल, कार्तिक ५ गते । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आगमी पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा औद्योगिक व्यापार मेला हुने भएको छ । उक्त व्यापार मेला सम्पन्न गर्नका लागि कार्यसम्पादन समिति गठनका साथै जिम्मेवारीसमेत वाडफाँड गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आगमी पुस ३ देखि १८ गतेसम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला–२०८१ को लागि सोमबार संघमा बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्नुको साथै जिम्मेवारी वाडफाँड गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।
औद्योगिक व्यापार मेला–२०८१ को मुल कार्यसम्पादन समितिको संयोजकमा संघका अध्यक्ष हरिप्रसाद अर्याल रहनु भएको छ । मुल कार्यसम्पादन समितिमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु रहनु हुनेछ । त्यस्तैगरी संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई मुल्यांकन तथा अनुगमन समितिको जिम्मेवारी प्रदान गरिएको छ ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई मेला मुल सम्पादन समितिको सहसंयोजक सहित सरकारी निकाय समन्वय, विषयगत उपसमिति समन्वय, सांकृति कार्यक्रम, साउण्ड सिष्टम तथा स्टेज सञ्चालन, स्वागत तथा प्राथमिक उपचार र विद्युत व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मुल कार्यसम्पादन समितिको उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

उद्योग उपाध्यक्ष सुरज भट्टराईलाई मेला मुल कार्यसम्पादन समितिको उपसंयोजकको साथै व्यवसायिक संघसंस्था समन्वय, पूर्वाधार तथा उद्योग क्षेत्र समन्वय, गोष्ठी समिनार, स्टल दर्ता तथा वितरण, घरेलु हस्तकला तथा पर्यटन प्रवद्र्धन र कृषि प्रविधि तथा बजारीकरणको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई मेला मुल कार्यसम्पादन समितिको उपसंयोजकको साथै राजनीतिक दल समन्वय, परिचय पत्र स्टल निर्माण र खानेपानी तथा सरसफाईको जिम्मेवारी प्रदान गरिएको छ ।
संघका महासचिव मुक्तिप्रसाद अधिकारीलाई कार्यसम्पादन समितिको सदस्य सचिव तथा प्रवक्ताको साथै सचिवालय, सुरक्षा र पार्किङ व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।कोषाध्यक्ष बसन्तप्रसाद ढकाललाई कार्यसम्पादन समितिमा आर्थिक समितिको संयोजक सहित सौजन्य, खाना तथा खाजा र टिकट व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । संघका सचिव प्रतिक पोखरेललाई कार्यसम्पादन समितिमा सहसचिव र प्रचारप्रसार, मञ्च, स्वागतद्वार तथा सजावट र श्रव्यदृश्य तथा समारोह व्यवस्थापनको जिम्मेवारी दिईएको छ ।
सहकोषाध्यक्ष धनकुमारी खनाललाई आर्थिक समितिको सहसंयोजक सहित उपहार तथा प्रमाणपत्र, आन्तरिक सञ्चार र महिला उद्यमी प्रवद्र्धनको जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरुलाई मुल कार्यसम्पादन समिति अन्तरगतका उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । जस अन्तरगत कार्यसमिति सदस्यहरु निर्मित कसजूलाई सांस्कृतिक कार्यक्रम, स्टेज सञ्चालन एवं साउण्ड सिष्टम उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ । दीपक चापागाईलाई प्रचारप्रसार उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यसमिति सदस्यहरु टिकाराम वञ्जाडेलाई स्टल दर्ता तथा वितरण उपसमिति, जमुना पौडेललाई श्रव्यदृश्य उपसमिति, सुनिता शर्मा बञ्जाडेलाई महिला उद्यमी प्रवद्र्धन उपसमिति, कृष्णप्रसाद पाण्डेलाई गेट तथा स्टेज निर्माण तथा व्यवस्थापन उपसमितिको जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई खाना तथा खाजा व्यवस्थापन, रामबहादुर भण्डारीलाई पूर्वाधार (स्टल) निर्माण उपसमिति, उमेश अमात्यलाई उरिचयपत्र व्यवस्थापन उपसमिति र दीप आचार्यलाई सौजन्य व्यवस्थापन उपसमितिको जिम्मेवारी दिईएको बैठकपछि संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराएका छन् ।























