पार्टी विभाजन गर्न अध्यादेश ल्याउन हुदैन – माधव नेपाल


कपिलवस्तु, कार्तिक ५ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीलाई टुक्राउने गरी सरकारले अध्यादेश ल्याउन लागेको बताएका छन् । उनले अरुलाई सिध्याउने गरी अध्यादेश नल्याउन सरकारलाई चेतावनी दिंदै अध्यादेश ल्याए ओलीपनि नरहने संकेत गरे ।

नेकपा एकीकृतको सोमबार कपिलवस्तुमा आयोजित प्रदेशी स्तरीय बैठकमा बोल्दै अध्यक्ष नेपालले हिटलरी शैलीलाई परित्याग गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
अरुलाई सिध्याउंछु भनेर लाग्नेहरु आफै समाप्त भएर जाने गरेको स.स्राको इतिहांसले बताएको अध्यक्ष नेपालको भनाइ छ । सबैलाई समाप्त गर्छु भन्ने हिटलर मर्ने बेलामा एक्लै भएको ओलीप्रति संकेत गर्दै हिटलरी शैली त्याग्न आग्रह गर्दै केपी ओलीले हिटलरीशैली अपनाएको आरोप लगाए । उनले आफुहरुमा एमाले र केपी ओली शर्मा कसैसंग पनि बदलाको भावना नभएको बताउंदै भने – आफुहरु देश विकास कसरी गर्ने भन्ने विषयमा सहयोगी बन्न तयार छौ ।

अध्यक्ष नेपालले कतिपयले नेकपा एकीकृत समाजवादीका बारेमा भ्रम फैलाएको उल्लेख गर्दै एमालेमा विलिन हुने वा माओावादीमा मिसिन लागेको भनेर गरेको प्रचार गलत भएको बताए ।विचार र मन मिल्नेहरुसंग सहकार्य गरी मोर्चा भने बनाउने अध्यक्ष नेपालको भनाइ छ । उहांले क्रान्तिकारीहरु मओवादी, विप्लव र नेसपासंग तत्काल कसंसंग एकता गर्ने पक्षमा नभएको स्पष्ट पारे ।
उनले २०७७ सालमा एमालेका पार्टी सदस्य १ लाख ५ हजार रहेको बताउंदै अहिले नेकपा एसका पार्टी सदस्य १ लाख ५० हजार भएको बताए । बैठकमा पार्टीका उपमहासचिव मेटमणि चौधरी, लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयलगायतका नेताहरुको सहभागिता थियो ।























