सहकारी अपचलनका आरोपित छविलालको बयान सुरु


बुटवल, कार्तिक ६ गते । सहकारीको रकम अपचलन आरोपमा पक्राउ गरी रूपन्देही ल्याइएका गोर्खा मिडिया नेटर्वकका तत्कालीन सञ्चालक छविलाल जोशीको बयान शुरू भएको छ । अनुसन्धानका लागि प्रहरीले जोशिलाई मंगलबार रुपन्देही ल्याइएको हो । 

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृत यमलाल बन्जाडेसहित प्रहरीले बयान लिइरहेका छन् । बयान लिइरहेका बेला बाहिर सहकारी पीडितहरुले बचत रकम फिर्ताको माग नारावाजीमा उत्रेका छन् ।
उनीहरुले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई जीवी, रवि लामिछाने, छविलाल जोशीलाई राजनीतिक रुपमा संरक्षण गरिएको दाबी गरेका छन् ।

सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ । सहकारी ठगीको आरोपमा यस अघि रास्वपाका सभापति लामिछानेलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।
सभापतिलाई प्रहरीले पक्राउ गरेपछि रास्वपाका नेता कार्यकर्ताले बिरोध प्रर्दशन गर्दै आएका छन् ।























