ठूलो उद्योग बनाउने धनबहादुरलाई दिएन धनले साथ

बुटवल, असोज २३ । मुस्ताङका धनबहादुरले बुटवलमा पुर्खौली पेशा सञ्चालन गरेको ४० वर्षभयो । पांच पुस्ते पुर्खौली पेशा अगालेका धनबहादुरले १३ वर्षको उमेरदेखि बुटवलमा तामा, पित्तल, सिल्टी र चांदीका भांडाहरु बनाए जीविका निर्वाह गर्न थालेको ४० वर्ष पुग्यो । बटवलको हाटबजार लाइनको विकास पथमा एउटै सटरमा २०४० सालदेखि धनबहादुरको पुर्खौली पेशा सञ्चालनमा छ ।
तामा, पित्तल, सिल्टी र चांदीबाट बन्ने पञ्चे बाजा, सनई, ढकली, ट्यांगु, कर्नाल, नरसियां, दमाहा, झ्याली, विकुल र पूजा आजामा प्रयोग गरिने धार्मिक समानहरु बनाएर बनाउने धनबहादुरको पुर्खौली पेशा हो । आफ्नी श्रीमती ठूली विकको सहयोगमा पुर्खौली पेशा सञ्चालन गर्दै आएको बताउंछन् । धनबहादुर सुनचौरी । आजा पूजामा प्रयोग हुने ठूला ठूला गमला र थकाली समूदायले प्रयोग गर्ने सबै प्रकारका भाडा बन्छन् धनबहादुरले सञ्चालन गरेको मुस्ताङ तामा पित्तल भांडा उद्योगमा ।
मुस्ताङ तामा पित्तल भांडा उद्योगमा तामा, पित्तल, सिल्टी र चांदीबाट बन्ने नयां र पुराना सबै प्रकारका भांडाहरु बनाइन्छ । एउटै सटरबाट सबै प्रकार भांडाहरु बन्ने बुटवलमा एक मात्र आफ्नो मुस्ताङ तामा पित्तल भांडा उद्योग भएको बताउछन् धनबहादुर । जिजु पुर्खाको पालादेखिको पुर्खौली पेशाबाट धेरै धन सम्पति कमाउन नसकेपनि जीविका चलाउन समस्या छैन धनबहादुर र ठूली विकलाई । पुर्खौली पेशामा लागेका परिवारलाई भने कोराना भाइरसका कारण झण्डै दुइ वर्ष भने सटर भाडा तिर्न पनि समस्या भयो ।
आधुनतासंगै लोपउन्मुख पेशा संकटमा परेको अवस्थामा पुर्खौली पेशामा लाग्नु भएको धनबहादुरलाई कतैबाट आर्थिक, भौतिक सहयोग मिलेको छैन । कही कतैबाट सहयोग ल्याउन र माग्नका लागि आफ्नो पहुंच नहुंदा पींडा सहेर बस्नु परेको उनको गुनासो छ । आफ्नो सानो उद्योगलाई ठूलो बनाउने ठूलो रहर भएपनि धनबहादुरलाई धनले साथ दिएको छैन ।
गरिबीकै कारण पुर्खौली पेशामा लागेका धनबहादुरलाई कोरानाका कारण सटर भाडा तिर्न समस्या पारेपनि अहिले केही दिनयता भने मेला पर्वहरु सुरु भएसंगै धार्मिक भांडाहरुको माग बढेपछि सहज भएको छ ।
२० वर्षिय छोरा सुजन सुनचौरी र २१ वर्षिय छोरी आशा सुनचौरीको विरामी भएर उपचारकै क्रममा मृत्यको पींडामा पनि गरिबीका कारण भांडा पिटेर जनतन जीविका चलाउनु परेको गुनासो गर्नुहुन्छ धनबहादुर सुनचोरी र ठूली विक । छोराछोरी विरामी हुंदा उपचार गराएको खर्च अझै तिर्न नसकेको बताउने दम्पति धनबहादुर र ठूली विकको लागि ऋणको बोझले झनै समस्यामा छन् ।