लुम्बिनीमा थपिए ३ मन्त्री, सरकारले अझै पूर्णता पाएन


बुटवल, कार्तिक ७ गते । लुम्बिनी प्रदेशमा तीन मन्त्री थपिएका छन् । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन महिनापछि तीन मन्त्री थपेका हुन् ।

मुख्यमनत्रीले तीन जना मन्त्री थपेपनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । सरकारमा सहभागी बनाउने लोसपा र नागरिक उन्मुक्ति कसलाई समेट्ने भन्ने विषयमा कांग्रेसले निर्णय गर्न नसक्दा एक मन्त्री चयनमा समस्या उत्पन्न भएको छ । एक जना मन्त्री चयन गर्न रोकिएपछि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेन ।
गत साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलबार तथा जसपाबाट बांकेका आदेश अग्रवाललाई मन्त्री बनाएको मुख्यमन्त्री सचिवालयले बताएको छ । तिमिल्सिनाले सामाजिक, कलबारले बन र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएको बताईएको छ । बिहीबार शपथका लागि तयारी गरिएपनि औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

सरकार गठन भएको तीन महिना पुग्नै लाग्दा पनि कांगे्रस भित्रको किचलोका कारण लुमिबनी प्रदेश सरकारले अझैपूर्णता पाउन नसकेको हो । कांगे्रस भित्र मौलाउंदै गएको गुटका कारण पार्टीले निर्णय गर्न नसकेको कांगे्रसका एक नेताले बताए ।






















