मिश्रित निर्वाचन प्रणाली बाधक – कांग्रेस पुन


बुटवल, कार्तिक १२ गते । संविधानमा मिश्रित निर्वाचन प्रणाली बाधक रहेको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताएका छन् । मिश्रित निर्वाचन प्रणाली बाधक रहेकाले मुलुकले स्थायी सरकार नपाएको उनको तर्क छ ।

पे्रस युनियन रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार घेटघाट कार्यक्रममा बोल्दै मिश्रित निर्वाचन प्रणालीले बहुमतको सरकार बन्न नदिने बताए । राजनीतिक सहमतिमा संविधान संशोधन गर्न सकिने बताउंदै दल विभाजन हुने गरी अध्यादेश ल्याउन नहुने सभापति पुनको भनाइ छ ।
उनले सत्ताका लागि मात्रै कांगे्रस र एमालेको गठबनधन नभएको दाबी गर्दै समयको मागले गठबन्धन बनेको तर्क गरे । बहुदलीय व्यवस्था ल्याउन र संविधान बनाउने महत्वपूर्ण परिवर्तनको संघारमा सबै एकै ठाउंमा रहेको स्मरण गर्दै कांगे्रस, एमालेको गठबन्धनलाई अन्यथा सोच्न नसकिने बताए । यो गठबन्धन सरकारले देशलाई निकास दिने दाबी गर्दै उनले भने प्रदेशप्रति जनतामा वितिष्णा पैदा भएको हो ।

संघीय सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिएकाले प्रदेश सरकारले काम गर्न नसकेपछि प्रदेशप्रति वितिष्णा बताउंदै उनले प्रदेशलाई अधिकार नदिए प्रदेश खारेज गर्नुपर्छ सभापति पुनको भनाइ छ । संघीयतालाई पूर्णता दिन संघीय कानुन बनाउनु पर्नेमा जोड दिंदै प्रदेश सरकार र कांगे्रसको सम्बन्ध राम्रै रहेको बताए ।
कारबाहीका लागि सिफारिसमा परेका कुनैपनि नेता तथा कार्यकर्तालाई कारबाही नहुने उल्लेख गर्दै लुम्बिनीमा कारवाहीका लागि पार्टीले सयौंको नाम सिफारिस गरेपनि मैले कारबाहीको सिफारिस गर्दैन भने । पार्टीले कारबाहीको सिफारिस गर्दैमा कारबाही नहुने र कांगे्रसमा अहिलेसम्म कसैलाई कारबाही भएको छैन भने ।
न्यायलयलाई प्रभाव पार्ने गरी आन्दोलन नर्गन रास्वपालाई आग्रह गर्दै सभापति पुनले दागंको भालुवांगमा सशस्त्र प्रहरीले व्यक्तिको ६ विघा भन्दा बढी जग्गा कब्जा गरेर बसेको बताउंदै कब्जा गरेको व्यक्तिको जग्गा फिर्ता गर्न आग्रह गरे ।
पे्रस युनियन रुपन्देही सभापति कविन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।



















