देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, केही स्थानमा वर्षा

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रही देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।