व्यापार संघकको रजत महोत्सवमा रक्तदान, १२५ युनिट रगत संकलन


बुटवल, कार्तिक २६ गते । रुपन्देही व्यापार संघले २५ वर्ष प्रवेश गरेको अवसरमा सोमवार बुटवलमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संघको सचिवालमा आयोजित कार्यक्रममा १ सय २५ युनिट सगत संकलन भएकोे कार्यक्रम संयोजक प्रकाश पौडेलले जानकारी दिए ।

संघले रजत महोत्वसका अवसरमा सञ्चालन गरेको साताव्यापी कार्यक्रम अन्तरत आयोजित रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले सामाजिक जिम्मेवारी र व्यवसायीक एकता बलमा संस्थालाई अगाडी बढाउने लक्ष्यलाई निरन्तरता दिन आग्रह गरे ।
रक्तदान जीवनदान भन्ने कुराले नै त्यसको महत्व बोकेको उल्लेख गर्दै रगतको अभावको अन्त्य गर्दै जीवन वचाउन रगतले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघको २५ औं वर्ष प्रवेशका अवसरमा आयोजना गरिएका कार्यक्रम र त्यसमा देखिएको सहभागीता आफुहरु निकै नै उत्साहित भएको जनाउदै आगामी दिनमा संघको गरिमा र समाजप्रतिको उत्तरदायित्व अझ बलियो बनाएर लैजाने प्रतिवद्धता जनाए ।

कस्मेटिक्स तथा गिफ्ट वस्तुगत उपसमितिको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा संघका सल्लाहाकार समितिका संयोजक तेजप्रसाद विक, कस्मेटिक तथा गिफ्ट उपसमितिका संयोजक सरोज ज्ञवाली लगायत बालेको थिए ।
उद्दघाटन सत्रको अध्यक्षता संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले गरेका थिए, भने सञ्चालन महासचिव फर्सुराम पन्थ र स्वागत कार्यक्रम संयोजक प्रकाश पौडेलले गरेका थिए ।
संघले रजत महोत्सवका अवसरमा कार्तिक २२ गतेबाट साता व्यापी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साताव्यापी कार्यक्रम अनुसार मंगलवार भोली कार्तिक २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण तथा विहान प्रभातफेरी कार्यक्रम आयोजना गरिने संघले जनाएको छ ।
सोही दिन संघको सचिवालयमा रुपन्देहीमा स्थानीय, प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिने । प्रदेशका कार्यवहाक मुख्यमन्त्री भुमिश्वर ढकालको प्रमुख आतित्यथामा हुने कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्षले कार्यपत्र प्रस्तुत गर्नु हुने छ । रजत महोत्सव अन्तरगतको मुल कार्यक्रम कार्तिक २८ गते मंगलबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिने महासचिव फर्सुराम पन्थले जानकारी गराए ।























