एमआरआई मेसिन खरिद प्रक्रियामा आर्थिक चलखेल नभएको मेसुको दाबी


बुटवल, कार्तिक २६ गते । एमआरआई मेसिन खरिद प्रक्रियामा आर्थिक हिनामिना गरेको आरोप लागेको थियो, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताललाइ । एमआरआई मेसिन खरिद प्रक्रियामै मिलोमतो गरी आर्थिक हिनामिना भएको समाचार मिडियाले बाहिर ल्याएपछि आत्तिएको अस्पतालले सोमबार पत्रकार सम्मेलन गरी स्पष्टिकरण दिएको छ ।

मेशिन खरिदमा कुनै मिलोमतो नभएको र पारदर्शी प्रक्रियामै गएको अस्पतालका मेसु डाक्टर इन्द्र ढकालले दावी गरेका छन् । यसअघि करिब १४ करोड ९३ लाख ६० हजार मूल्यमा एमआरआई मेसिन किन्न अगाडि बढाएकोबारे समाचार आएको थियो । कानुन अनुसार नै बोलपत्र आव्हान गरिएको र उक्त बोलपत्र आव्हान गर्दा कुनैपनि गलत मनसाय नराखेको मेसु ढकालले बताए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. ईन्द्र ढकालले ३ जना चिकित्सक, २ जना बायोमेडिकल ईन्जिनियर सम्मलित समितिले तयार गरेको स्पेसिफेकसन अनुसार नै समितिले खरिद सिफारिस गरेर टेन्डर प्रक्रियामा गएकाले आफुहरु यस विषयमा चोखो रहेकोसमेत दाबी गरे ।

मेसु ढकालका अनुसार अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुंदै आएको प्रयास विभिन्न कारणले रोकिएकोमा यस बर्षपनि मेसिन खरिद हुनेमा आशंका छ । लुम्बिनी प्रादेशिक अस्पतालले मेशिन खरिद गर्न भन्दै यही कातिक १ गते बोलपत्र आह्वान गरेको थियो । एनसीबी अर्थात नेशनल कम्पिटेटिभ विडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मुल्य १५ करोड राखिएकोमा सोही मुल्यमै सामान खरिद गरिएको हो भने । आर्थिक अनियमितता भयो भन्ने बजार हल्ला ठिक नभएको बताउंदै हामीले कुनै गलत मनसाय राखेका छैनौ उनले भने ।
बोलपत्रमा उल्लेख गरिएको रकममा सप्लायर्स कम्पनीहरुले प्रतिप्रस्र्धा गर्दा सबैभन्दा कम मुल्य कबोल गर्ने कम्पनी छनोट भई उसैले खरिद गर्ने बताउंदैे मान्यतया कम्पनीहरुले २०÷२५ प्रतिशतसम्म कम मुल्यमा कबोल गर्ने प्रचलन रहेको हुंदा अस्पतालले खरिद गर्न लागेको मेशिनको मुल्यपनि कम हुने अनुमान गरिएको मेसु ढकालले बताए ।
मेसु ढकालले उक्त कार्यालयको राय तथा निर्देशनका आधारमा मेसिन खरिद कार्य अघि बढाउने बताए । पत्रकार सम्मेमलन अस्पताल विकास समतिका अध्यक्षको भने सहभागिता थिएन ।























