बयानका लागि रवि लामिछानेलाई लगियो भैरहवाको सरकारी वकिल कार्यालयमा


भैरहवा, कार्तिक २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याइंएको छ । लामिछानेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा ल्याएर बयानका लागि सरकानरी वकिलको कार्यालयमा लगिएको छ ।

उनलाई सुरक्षाकर्मीको कडा निगरानीमा वकिल कार्यालय लगिएको हो । प्रहरीले समाचार संकलन गर्न गएका पत्रकारहरुलाई रोक लगाएको छ ।यस अघि भैरहवा ल्याउने भनेसँगै बिहानैदेखि गौतमबुद्ध विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो । उनलाई बिहान ७ः४५ को उडानमार्फत पोखराबाट रुपन्देही लगिने भनिए पनि केही ढिलाइ भएको छ । साथै उनलाई सरकारी वकिलको कार्यालयमा बयान सकेर आजै कास्की फर्काउने तयारी छ । यसअघि पूर्व डीआइजी छविलाल जोशीसंग दुई दिन लगाएर बयान लिइएको थियो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १२ जनाबिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।सो सहकारीको १४ करोड २९ लाख रुपैयां गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ ।

जसमा एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।























