लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनद्वारा पुस्तक विमोचन

बुटवल, कार्तिक ६ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले रामनाथ शर्मा अखिलद्वारा लिखित मेरो जीवन मेरो कलम पुस्तक विमोचन गर्नुभएको छ ।
प्रदेश प्रमुख शेरचनले आज शनिबार चितवनको भरतपुरमा एक कार्यक्रमबीच पुस्तक विमोचन गर्नुभएको हो । पुस्तक विमोचन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रकुख अमिक शेरचनले परिवर्तनको पक्षमा रहेर लेख्दै आएका लेखकहरुको भूमिकाले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउन सहयोग गरेको बताउनुभयो ।
उहांले राष्ट्र, राष्ट्रियता जोगाउन र परिवर्तनका उपलब्धीस्हरुलाई संस्थागत गर्न सहमति प्रणाली छोडनु बिगतको पहिलो संविधान असफल हुने कारण हो भन्नुभयो ।
बिगतमा लेखकको शिक्षक आन्दोलन र कम्प्युनिष्ट आन्दोलनमा पुराएको योगदान तथा भूमिका र पुस्तकबारे चर्चा गर्दै उहांले लेखक रामनाथ शर्माको व्याक्तित्वमाथि चर्चा गर्नुभयो ।
पुस्तकको बारेमा टिप्पणी गर्दै लेखकको सहयोद्वा रबिकिरण निर्जीवको समग्र पुस्तकको टिप्पणी,सहयोद्वा गुणनिधि शर्मा लगायतले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।
लक्ष्मीनाथ शर्माको अध्यक्षता,दिपिका शर्मा अधिकारीको सञ्चालन भएको उक्त पुस्चत विमोचन कार्यक्रममा शैलजा रिमालले स्वागत गर्नुभएको थियो ।