उद्यमशिलतामा जोड दिदै लायन्स मणिमुकुन्द युथ

बुटवल । सामाजिक क्षेत्रमा निस्वार्थ विभिन्न क्रियाकला गर्दै आएको लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथले पछिल्लो समय बढ्दो शहरीकरणले खतियोग्य जमिन मासिदै जानु र दक्ष जनशक्तिहरुको पनि पलायन संख्या बढ्दै जानुले आयातित विषाक्त तरकारी खानु परेको अवस्थालाई मध्यनजर गर्दै आत्मनिर्भर बनौं कौसी खेती गरौं भन्ने उद्देश्यले आत्मनिर्भरमूखि बनाउनका लागि उद्यमशिलता तालिम सञ्चालन गर्ने भएको छ ।

क्लबको शनिवार बुटवलमा सम्पन्न भएको पाँचौं बोर्ड तथा जनरल बैठकले यस्तो निर्णय गरेको हो । आफ्ना बालबालिकालाई विद्यालय पठाएर दिनभरी घरमा बेकाम बस्ने गृहिणी महिलाहरुलाई मध्यनजर गर्दै आयआर्जन र घरायसीका लागि अर्गानिक तरकारी तथा फलफूल उत्पादन गर्न उत्प्रेरणा जगाउने उद्देश्यले उद्यमशिलता अन्र्तगत कौसी खेती गर्ने सीप सिकाउने कार्यक्रम राखिने क्लबका अध्यक्ष लायन विमल न्यौपानेले बताए ।

उद्यमशिलता तालिम लिएर व्यवहारमा लागू गर्ने व्यक्तिहरुलाई छनौट गरी सीप विकास तालिम दिईने कौसी खेती तालिम कार्यक्रमका संयोजक क्लबका पूर्वअध्यक्ष लायन सन्तोषमान सिमाङगैडाले बताए । उनले भने, यो तालिमलाई उदाहरणीय बनाउने लक्ष्यका साथ अगाडि बढ्ने छु ।

बुटवल उपमहानगरपालिका वडा न-१५/१६ को सिमाना पर्ने गरी सेमलारमा मुटु रोग, आँखा र मधुमेह सम्बन्धि मंसिर १४ बृहत स्वास्थ्य शिविर गर्ने निर्णय गरेको छ । बार्षिक कार्यक्रम तालिका अनुसार ग्रामिणस्तरमा स्वास्थ्य जाँचलाई प्राथमिकता दिदै बुटवल उपमहानगरमा पर्ने ग्रामिण क्षेत्र सेमलारलाई उचित ठान्दै कार्यक्रम आयोजना गरिएको र बृहत स्वास्थ्य शिविरको संयोजकमा लायनद्धय प्रभाव जिसी र दुर्गा प्रसाद पोख्रेललाई जिम्मेवारी दिईएको छ ।