दुर्गा प्रसाईंलाई थप पाँच दिन थपियो


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतकी न्यायाधीश कमला पौडेलले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन्।

कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंलाई अदालतले कारण देखाऊ आदेशसहित अदालतमा उपस्थित गराउन आदेश गरेको हो । साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका प्रसाईंलाई यसअघि गत बुधबार पनि पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
नेपाल प्रहरीको साइबर ब्यूरो (सीआईबी) ले प्रसाईंमाथि अनुसन्धान गरिरहेको छ । गत मंगलबार पक्राउ परेका प्रसाईँले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौँ डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए ।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रसाईँविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ । प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । यसअघि मेडिकल व्यवसायी प्रसाईँ यसअघि असोज ६ गते पक्राउ परेका थिए ।
साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उनी सो मुद्दामा एक लाख रुपैयाँ धरौटी बुझाएर नौ दिन हिरासतमा बसेर रिहा भएका थिए ।






















