सभामुख विदेश गएको बेला संसदका सचिवले दिए राजीनामा


काठमाडौँ । सभामुख देवराज घिमिरे कम्बोडियामा रहेको बखतमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाइएको छ । गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए ।























