न्यायाधीशहरुको बहिष्कारवीच प्रधानन्यायाधीशले तोके इजलास

 

 

 

पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख विरुद्धको अदालतको अवहेलनासम्बन्धी

काठमाडौं, १० कार्तिक/प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो एकल इजलाससहित संवैधानिक इजलास तोकेर सुनवाई सुरु गरेका छन् ।
न्यायाधीशले दुई दिनदेखि इजलास बहिष्कार गरिरहेका बाबजुद प्रधानन्यायाधीश जबराले आज पनि इजलास तोकेका हुन् ।
प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ । त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।
राजनीतिक भागबण्डामा प्रधानन्यायाधीशले भाग खोजेको न्यायालयको सुधारमा प्रधानन्यायाधीश उदासिन देखिएको लगायतका माग राखेर १५ न्यायाधीशले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन्।
लगातार छलफलमा रहेका १५ न्यायाधीशले इजलास बंक गर्दा न्यायको पर्खाइमा रहेका कयौं नागरिकले न्याय पाउन सकेका छैनन्। आज प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा पाँचवटा मुद्दा राखेका छन् । यस्तै संवैधानिक इजलासमा एउटा मात्रै मुद्दाको सुनुवाइ राखिएको छ। यस्तै यी दुई बाहेक अन्य ९ वटा बेञ्च तोकेका छन्।

यस्तै नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।