शेयर बजारले देखायो हरियो झण्डा, नेप्से दोहोरो अंकले उकालो


काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भए पछि शेयर बजार उकालो लागेको छ । हिजो मात्र बोर्डमा सरकारले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । उनको नियुक्ति लगत्तै शेयरबजार उकालो लागेको हो ।

नयाँ अध्यक्ष पाएको पहिलो दिनमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३२.०३ अंकले बढे २७१५.२८ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर बजारमा हरियाली देखिएको छ ।
कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २११ वटा धितोपत्रको मूल्य बढेको छ । बाँकी ३२ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।























