रुपन्देहीमा अर्गानिक मल उत्पादन शुरु

भैरहवा । रासायनिक मलको विकल्पको रुपमा बिरुवा तथा बालीलाई चाहिने आवश्यक तत्व सहितको अर्गानिक दानेदार मलको रुपन्देहीमा उत्पादन सुरु भएको छ । किसानले सधै सास्ती भोगिरहेको रासायनिक मलको साटो प्रयोग गर्न मिल्ने सस्तो र अर्गानिक मलको रुपमा यो मल प्रयोग गर्न मिल्ने कम्पनीको दाबी छ ।

दैनिक २०० मेट्रिक टन उत्पादन क्षमता रहेको ग्रो मोर फर्टिलाइजर एन्ड केमिकल प्रालिले हाल १५ सय बोरा दैनिक रत्नम ब्राण्डको मल उत्पादन गरिरहेको छ । उद्योगका संचालक सिद्धार्थ अग्रवालले रत्नम दानेदार अग्रानिक मल एक वर्ष परिक्षण पछि उत्पादनलाई बजारमा ल्याएको बताए ।

कोभिडको समयमा कम्पनिको सुरुवात गरि व्यक्तिगत ३० करोडको लागतमा उद्योग संचालनमा ल्याएका छौ । जथाभावी रासायनिक मल र कीटनाशकको प्रयोगलाई कम गर्न जैविक अर्गानिक मल ल्याएको दाबी गरेको छ ।

यहाँको माटो अधिकांस कार्बनले गर्दा जर्रो भएको छ, यो मलले माटोलाई सुधार्ने काम गर्छ र माटोको उर्वराशक्ति बढाउनका लागि अर्गानिक मल तयार गरेका उनले भने । नाइट्रोजन, फस्फोरस र पोटाशियम लगायतका मुख्य तत्वहरु मलमा रहेको उनले बताए ।

माटोको वैज्ञानिक ढङ्गबाट विश्लेषण गरी महत्वपूर्ण प्राकृतिक प्राङ्गारिक पदार्थ मिश्रण गरेर मल तयार गरिएको कम्पनीको दाबी छ । पाँच बिघा क्षेत्रफलमा उद्योग स्थापना गरि उत्पादन भइरहेको छ । ‘मलको बजार मुल्य ५० किलोको १५ सय रुपैयाँमा रहेको छ, उनले भने ।

रासायनिक मलले बिगारेको माटो र ह्रास गरेको उत्पादन शक्ति जैविक मलले विस्तार सन्तुलनमा ल्याउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आधुनिक प्रविधिवाट नेपालको माटो र हावापानीलाई सुहाउँदो मल उत्पादन गरि सर्वशुलभ मुल्यमा बजारमा ल्याइएको हो ।

सरकारबाट बिक्री वितरण अनुमति पाएपछि आफ्नै पालिकाबाट उद्योगले मल वितरण गरेको अग्रवालले बताए । राम्रो रिजल्ट आयो त्यसपछि हामी ब्याबसायीक रुपमा अंगाडि बढ्यौ, उनले भने । मल प्रयोग गरेको जग्गामा प्रति कठ्ठा २ सय किलोसम्म धान उत्पादन भएको उनले बताए । यसबाट उत्पादित खाद्यवस्तुको पौष्टिक तत्व वृद्धि हुने र लामो समयसम्म भण्डारण गर्न सकिने कम्पनीले दाबी गरेको छ ।