राजमोका स्थानीय नेता ज्ञानबहादुर कुंवरको निधन

अर्घाखांची, कार्तिक १३ गते । अर्घाखाँचि जिल्ला मालारानी गाउंपालिका बांगी निवासी राष्ट्रिय जनमोर्चाका स्थानीय नेता ज्ञानबहादुर कुंवरको मृत्यु भएको छ ।
हाल रुपन्देहीको सैनामैना १ बर्माचौकमा अस्थायी रुपमा बसोवास गर्दै आएका कुंवरको उपचारको क्रममा भैरहवाको मेडिकल कलेजमा शुक्रबार मृत्यु भएको हो ।
कोभिड १९ को संक्रमण र निमुनियाका कारण भैरहवाको मेडिकल कलेजको आइसियुमा सघन उपचारको क्रममा मृत्यु भएको आफन्त लोकराज भुसालले जानकारी गराएका छन् ।
राष्ट्रिय जनमोर्चामा आबद्ध रहेका कुंवर अखिल नेपाल किसान महासंघ मालारानी गाउंकमिटिको सदस्य पार्टीको कामप्रति निष्ठावान कार्यकर्ता थिए । ५६ वर्षिय स्व. ज्ञानबहादुर कुंवरको अर्घाखांचीस्थित राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा शोक सभा कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले झण्डा ओडाइ अन्तिम श्रदाञ्जली अपर्ण गरेका थिए ।
स्व. ज्ञानबहादुरले कम्युनिष्ट आन्दोलनमा पुराएको योगदानको उच्च मुल्याकंन गरिने र ज्ञानबहादुरका अधुरा सपना पुरा गर्न राष्ट्रिय जनमोर्चाले आफ्न्तो क्रान्तिकारी स्प्रीटलाई अगाडी बढाउने महासचिव भट्टले बताए ।
उक्त शोकसभामा अखिल नेपाल ट्रेडयुनियन महासंघका केन्द्रिय अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल शिक्षक संघका उपाध्यक्ष कमला बन्जाडे , नेपाल शैक्षिक परामर्श संघका महासचिव दिपकराज भुसाल, सहयात्री मानप्रसाद भुसाल, भक्त भुसाल, नरबहादुर कुंवर इन्दिरा थापा सीता भुसाल, डा. महिमा भुसाल लगायतका आफन्तजले भावपूर्ण श्रदाञ्जली अर्पण गरेका थिए ।
स्व.ज्ञानबहादुरको शुक्रबार नै बांगीको स्थानीय घाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।