शेखर कोइरालाको शक्ति प्रदर्शनलाई केन्द्रले गर्याे हस्तक्षेप

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा गर्न खोजेको शक्ति प्रदर्शनलाई केन्द्रीय कार्यालयले रोकेको छ । शेखर कोइरालाले सोमबारदेखि बुधबारसम्म (मंसिर १७ देखि १९ गतेसम्म) कोशी प्रदेशका १३७ पालिकाका सभापतिहरुको भेला डाकी वृहत छलफल चलाउन खोजेका थिए ।

पहिलो दिनको कार्यक्रम कार्यक्रम मोरङको बेलबारीमा बेलबारी नगरपालिकाले ब्रिमल्याण्ड फनपार्कमा आयोजना गरी साँझ भेला भइ मंगलबार बिहान सबै विराटनगरको जैन भवनमा विराटनगर महानगर कार्यसमितिको आयोजनामा कार्यक्रम गर्ने तय भएको थियो ।

विराटनगर महानगर कार्यसमितिका सभापति दिपक चापागाईको संयोजकत्व र बेलबारी नगर कार्यसमिति सभापति छत्र लिम्बूको सहसंयोजकत्वमा मोरङका सबै पालिकाले आयोजना गरी भब्यताका साथ कोशी प्रदेशका सबै जिल्लाका सबै पालिकाका सभापतिहरुको भेला डाकिएको थियो ।

शेखर कोइरालाले स्थानीय तहको उपनिर्वाचनमा मोरङमै पार्टीलाई जिताउन नसकेर आलोचना खेपिरहेका बेलामा उनको योजनामा हुँदै गरेको भेलालाई पार्टीले अवैध घोषणा गरिदिएको हो ।

उक्त भेला डा. शेखर कोइरालाको प्रमुख आतित्थ्यमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व उपसभापति विजयकुमार गच्छदार र महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरुलाई विशेष अतिथिको निम्तो दिइएको थियो ।