कालिका क्याम्पसको ११ औं वार्षिकोत्सव, साताव्यापी कार्यक्रमसहित मनाइने


बुटवल । बुटवल कालिका क्याम्पसले मंसिर १८ गते भोलीदेखि आफ्नो ११ औं वार्षिकोत्सव तथा अभिवाक दिवस विभिन्न साताव्यापी कार्यक्रमसहित मनाउने भएको छ । बुटवल उपमहानगरपालिका १० रामनगरमा रहेको क्याम्पसले सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाउन लागको क्याम्पसले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सम्मेलनमा बोल्दै क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले स्थापनाकालको छोटो समयमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको दाबी गर्दै त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ल्याएर क्याम्पसमा हाल अध्यापन हुने बिसिए, बिबिए, बिएड, बिए र स्नातकोत्तर तह एमए आरडी तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनले थपे, आगामी दिनमा थप गुणस्तरीयलाई प्रत्यायन (क्यूएए) प्राप्त गर्ने बताउँदै त्यसका लागि अन्तिम पिआरटी भएको बताएका थिए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले क्याम्पस स्थापनाकालको संर्षघ बारेमा सुनाउँदै डिजिटल प्रविधिलाई प्रोत्साहन गरिएको र प्रविधिलाई थप गर्ने योजनाहरु रहेको जनाए । क्याम्पसले मंसिर २४ गतेसम्म मनाउने सप्ताहव्यापी कार्यक्रम अन्र्तगत अन्तर संकाय छात्रछात्रा भलिबल, रिले दौड प्रतियोगिता, कबड्डी प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, नृत्य प्रतियोगिता, बेलुन फुक्ने प्रतियोगिता हाजिरी जबाफ प्रतियोगिता हुने बताईएको छ ।

यसैगरी शिक्षक कर्मचारीबीच मैंत्रीपूर्ण भलिबल प्रतियोगिता तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत निःशुल्क आँखा र दन्त परीक्षण समेत आयोजना गरिने क्याम्पस प्रशासनले जनाएको छ । साताव्यापी कार्यक्रमको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले समुद्घाटन गर्ने र मूल समारोहलाई लुम्बिनी प्रदेशका सामाजिक बिकासमन्त्री जन्मजय तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाईएको छ ।






















