रुपन्देही उद्योग संघमा पदस्थापन सम्पन्न

 

बुटवल, १५ कार्तिक ।

रुपन्देही उद्योग संघको असोज २३ गते सम्पन्न २२ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
संघको नवर्विाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक यमलाल खनालले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । अधिवेशनले माधव प्रसाद पौडेलको अध्यक्षतामा संघको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको थियो ।
पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय पूँजीको विकास गर्दै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न आवश्यक नीति नियम निर्माणमा आफुले सहयोगीको भूमिका निर्वाहा गर्ने प्रतिवद्धता जनाउनु भयो ।
अध्यक्ष तिमिल्सिनाले ट्रेडको विजनेशले राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउन नसक्ने हुदाँ औद्योगिक विकासमा राज्यको ध्यान जानुपर्ने बताउँदै त्यसका लागि आवश्यक नीति नियम बनाउन उद्योगी व्यवसायीले दवावको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले उद्योगीका समस्याहरु प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले गम्भिरतापूर्वक सुनेर त्यसको समाधानका लागि कानून निर्माणमा ध्यान दिनु पर्ने सुझाव दिनु भयो । सम्बोधनका क्रममा अध्यक्ष तिमिल्सिनाले राजनीतिक परिवर्तनले मात्र आर्थिक विकास हुन नसक्ने हुदाँ राष्ट्रको समृद्धिको लागि स्वदेशी उत्पादन बढाउँदै त्यसको प्रयोगमा सबैको ध्यान जानु जरुरी रहेको बताउनु भयो । उहाँले दुई ठूला आर्थिक बिकास गरेका मुलुकसँग प्रतिस्पर्धा गर्न पक्कै गाह्रो हुन्छ तर राष्ट्र प्रेमबाट गरिने काम सधै स्थायी हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य डा.कृष्ण न्यौपानेले औद्योगिक विकासका लागि प्रदेश सदस्यका हैसियतमा उद्योगीहरुसँग सधै साथमा रहेर काम गर्नै प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु प्रसाद अग्रवालले उद्योग र उद्योगहरुका समस्या समाधानमा राज्य गम्भिर बन्नु पर्ने बताउँदै दक्ष जनशक्तिको अभाव पूर्तिका लागि परिसंघले अगाडी सारेको मेकिङ नेपाल कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले स्थानीय रुपमा उद्यमशीलताको विकास गर्दै स्वदेशी कच्चा पदाथर्को प्रयोगबाट सञ्चालन हुने उद्योग धन्दालाई संरक्षण गर्न सकियो भने औद्योगिक विकासको जग बस्दै जाने बताउनु भयो । उहाले नीजि क्षेत्रसँग स्थानीय सरकार सहकार्य गरेर अगाडी बढ्दै आएको र आगामी दिनमा पनि ठोस कार्यका लागि अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा निवर्तमान हुनु भएका अध्यक्ष बाबुराम बोहोराले पछिल्लो राजनीतिक द्वन्द्वले आर्थिक संमृद्धिको मुद्दा फेरी ओझेल पर्ने आशंका बढेर गएको महसुस उद्योगी व्यवसायीहरुले गरेको बताउनु भयो । उहाँले संघले औद्योगिक विकासका लागि अगाडी सार्दै आएका मुद्दाहरुलाई राज्यले ओझेलमा पार्ने काम गर्दै आएको बताउँदै कोराना र लकडाउनले आहात बनेका उद्योगीहरुले राहातको प्याकेज पाउन नसकेको बताउनु भयो ।
नव निर्वाचित अध्यक्ष माधव प्रसाद पौडेलले संघको इतिहास र अग्रजहरुको मार्ग दर्शनलाई कार्यसमितिले सधै आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै औद्योगिक विकासका लागि सबै अग्र पंक्तिमा रहेर काम गर्ने बताउनु भयो ।
दुई चरणमा भएको कार्यक्रमको पहिलो सत्रको अध्यक्षता अध्यक्ष बाबुराम बोहोराले र सञ्चालन महसचिव जीवकान्त काफ्लेले गर्नु भएको थियो ।
दोस्रो चरण नवनिर्वाचित अध्यक्ष माधव प्रसाद पौडेलले कार्यक्रमको अध्यक्षता र महासचिव हरि बहादुर खत्रीले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष गणेशप्रसाद अधिकारी, राजनीतिक पार्टीहरुकातर्फबाट नेकपा एमाले रुपन्देहीका उपसचिव गोपाल राना, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन ढकाल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल लगायत बाल्नु भएको थियो । धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटाले गर्नु भएको थियो ।
अधिवेशनबाट अध्यक्षमा माधव प्रसाद पौडेल, बरिष्ठ उपाध्यक्षमा दिलिप सापकोटा, प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली र द्धितीय उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा महासचिवमा हरि बहादुर खत्री र कोषाध्यक्षमा हिरामणी भट्टराइ निर्वाचित हुनु भएको छ ।
त्यसैगरी संघको सचिवमा बसन्त ढकाल र महिला सचिवमा मन्जु भुसाल तथा सहकोषाध्यक्षमा सुरेन्द्र ज्ञवाली चयन हुनुभयो ।
आजिवन सदस्यतर्फ माधव नेपाल, संस्थागत सदस्यतर्फ अशोक कुँवर, महिला सदस्यतर्फ शारदा भट्टराई र मिना थापा तथा बुटवल औद्योगिक क्षेत्रबाट कमल ज्ञवाली निर्वाचित हुनु भयो भएको थियो ।
संघको खल्ला तर्फका सदस्यहरुमा प्रेम बहादुर आले, लाल प्रसाद बस्याल, राजु घिमिरे, बल बहादुर गोदार, चन्द्रकान्त खनाल, गोबिन्द भुसाल, लाल बहादुर थापा र नेत्र रुचाल रहेका छन भने बुटवल उपमहानगरपालिकाबाट लालहरी पाण्डे र जमुना पोखरेल, तिलोत्तमा नगरपालिकाबाट बिशाल बेलबासे सर्वसम्मत चयन हुनु भएको छ ।
कार्यक्रमका बीच नव निर्वाचित अध्यक्ष माधब प्रसाद पौडेलले उद्योगी युवराज आचार्य, मोहनीलाल रिजाल र टंक आचार्यलाई संघको कार्यसमिति सदस्यमा मनोनित गरिएको घोषणा गर्नु भएको थियो ।