लुम्बिनी जितको खोजीमा, जनकपुर ३६ रनमै रोकियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको १४ औँ खेलमा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेलिरहेका छन् ।

जितका लागि लुम्बिनीले १३७ रनको चुनौती पछ्याइरहेको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा १३६ रन बनायो ।

कप्तान अनिल साहले ४५ तथा लहिररु मिलान्थाले २४ रन बनाए । अभिशेष गौतमले ३ तथा साद बिन जाफर र रोहित पौडेलले २–२ विकेट लिए ।

लुम्बिनीको यो चौथो खेल हो भने जनकपुरको पनि चौथो खेल हो । लुम्बिनी जितविहीन छ भने जनकपुरले पनि चौथो खेल खेलिरहेको छ ।

लुम्बिनी जितविहीन छ भने जनकपुरले सबै खेल जितेको छ । लुम्बिनीमात्र आठ टिम सहभागी प्रतियोगिताको अंकविहीन टिम हो । आजको दोस्रो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज दिउँसो १ बजे भिड्दै छन् ।
अंकतालिका

३ खेलमा ६ अंकसहित सुदूरपश्चिम शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स ३ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अंकविहीन लुम्बिनी पुछारमा छ ।

यसअघिका खेल
–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।

–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।

–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।

– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।

– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।

–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।

– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।

– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।

– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।

–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।

–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।

पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।