मिलन कला केन्द्रको अडिसनः “नो भोट, नो एसएमस” लागू गरेर नयाँ प्रतिभाको खोजी


बुटवल । मिलन कला केन्द्रले लुम्बिनी प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिताका लागि अडिसन सुरु गरेको छ । बुटवलको इलिट ईङ््गलिस बोर्डिङ स्कुलमा अडिसन सुरु भएको हो ।

कला तथा नृत्य क्षेत्रलाई पेशागत रुपमा अगाडी बढाएको बुटवलको मिलन कला केन्द्रले फरक–फरक खालका प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरेको मिलन कला केन्द्रले अहिले नो भोट नो एसएमस हुने गरी अडिसन सुरु गरेको केन्द्रले बताएको छ ।
भोट र एसएमएसका कारण कैयौं लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउने गरी नो भोट नो एसएमसबाटै प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिताका लागि अडिसन सुरु गरिएको केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले बताइन् ।

शनिबार (हिजो) देखि बुटवलमा अडिसन सुरु भएको छ । पहिलो चरणमा सुरु भएको अडिसनको चार चरण सम्पन्न गरेपछि फाइनल प्रतियोगिता हुने मिलन कला केन्द्रले बताएको छ । अब हुने दोस्रो, तेस्रो र चौथो अडिसनको रणनीति बनाएर मंसिर ३० गते र पुस १ गते बुटवलमा कलाकारका लागि प्रशिक्षणको आयोजना गरिएको केन्द्रकी अध्यक्ष बुढाथोकीको भनाई छ ।
मंसिर ३० गते र पुस १ गते आयोजना गरिएको प्रशिक्षणमा प्रशिक्षण दिका लागि काठमाण्डौबाट किरण थापा बुटवल आउने कार्यक्रम तय गरिएको र एकल नृत्य प्रतियोगिताका लागि ५ सय बढी विद्यार्थीहरुले प्रतियोगितामा भाग लिने केन्द्रले जनाएको छ ।
कार्यक्रम संयोजक दावा शेर्पाका अनुसार प्रथमलाई ५१ हजार १ सय ११, द्धितियलाई २१ हजार १ सय ११ र तृतिय पुरस्कार १५ हजार १ सय ११ राखिएको बताए । केन्द्रले अडिसनसँगै आगमी पुस १३ गते मानवीय सेवा बुटवलमा निःशुल्क स्वास्थ्य शिविरसमेत गर्ने भएको छ ।






















