कर्णालीले पोखरालाई रोक्यो १०३ रनमै


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको १७ औँ खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिडिरहेका छन् । त्रिवि क्रिकेट मैदानमा कर्णालीले १०४ रनको झिनो चुनौती पछ्याइरहेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा अलआउट हुँदै १०३ रनमा रोकियो ।

दिनेश खरेलले २६ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा विलियम बोस्सिस्टोले ६ विकेट लिए । यो जारी एनपीएलको सबैभन्दा राम्रो एकल प्रदर्शन हो ।
अंक तालिका
चार खेलबाट जनकपुर बोल्ट्स ८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम रोयल्स ४ खेलबाट ६ अंकसहित दोस्रो तथा चितवन ५ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

कर्णाली ४ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । लुम्बिनी लायन्स ५ खेलबाट २ अंकसहित पाँचौं स्थानमा रहेको छ । पोखरा ३ खेलबाट २ अंकसअिहत छैटौँ, काठमाडौँ गुर्खाज ३ खेलबाट २ अंकसहित सातौँ तथा ४ खेलबाट विराटनगर किंग्स २ अंकसहित पुछारमा छ ।
यसअघिका खेल
–१६ औँ खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ ।
–१५ औँ खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग ३३ रनले पराजित भएको छ ।
–१४ औँ खेलमा जनकपुर बोल्ट्सले सनसनीपूर्ण जित हासिल गरेको छ । जनकपुरले लुम्बिनी लायन्समाथि एक रनको सनसनीपूर्ण जित हासिल गरेको हो ।
–१३ औँ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
–१२ औँ खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ ।
–११ औँ खेलमा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ । पोखराले लुम्बिनी लायन्समाथि १० विकेटको कीर्तिमानी जित हासिल गरेको हो । एन्द्रेस गोसले ५५ बलमा १०४ रन बनाए । यो पहिलो शतक हो ।
–दशौँ खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
– नवौँ खेलमा काठमाडौँ गुर्खाजमाथि ७३ रनको जित हासिल गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हासिल गर्यो ।
– आठौँ खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्यो ।
–सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लाइन्समाथि २ विकेटको रोमाञ्चक जित हासिल गर्दै पहिलो जित हासिल गरेको छ । लुम्बिनीबाट पाएको १९२ रनको फराकिलो चुनौती विराटनगरले १९।५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
– छैटौँ खेलमा काठमाडौँ गुर्खाज विजयी भएको छ । काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो ।
– पाँचौ खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हराएको छ । पोखरा ८८ रनले पराजित भएको हो ।
– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हरायो । सुदूरले ७ विकेटको क्षतिमा १८२ रन बनाएकामा विराटनगर ९२ रनमा समेटियो ।
– तेस्रो खेलमा जनकपुर बोल्टसले कर्णाली याक्समाथि ८ विकेटको जित हासिल गरेको हो ।
–दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । विजयी शुरुआत गर्ने क्रममा चितवनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।
–उद्घाटन खेलमा जनकपुर बोल्टसले विराटनगर किंग्समाथि शानदार ८ विकेटको जित हासिल गरेको थियो ।
पहिलो पटक आयोजित एनपीएलमा आठ टिम रहेका छन् ।






















