स्वास्थ्य मन्त्रालयमा अड्डा जमाएका सुरेन्द्रको जिम्मेवारी खोसियो

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्यवस्थापन महाशाखामा अड्डा जमाएर बसेका डा सुरेन्द्र चौरसियाको जिम्मेवारी खोसिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि पकड जमाएर बसेका चौरसियाको जिम्मेवाी हेरफेर गर्दै उनको स्थानमा समन्वय शाखामा कार्यरत दयानन्द पन्तलाई जिम्मेवारी दिइएको छ ।

चौरसियालाई भने उपचारात्मक महाशाखा पठाइएको छ । चौरसिया उपकरण खरिद विषयमा विवादमा परिरहने व्यक्ति हुन् । यता ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हाडजोर्नी विशेषज्ञ डा बद्री रिजालले पाएका छन् । हाल सेन्टरको नेतृत्व गरेका डा रुद्र मरासिनीलाई हटाएर डा रिजाललाई जिम्मेवारी दिइएको हो ।

यसअघि पनि डा.रिजालले उक्त जिम्मेवारी सम्हालिसकेका छन् । डा.मरासिनी भने सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा रहने छन् । यसैगरी टेकु अस्पतालमा रहेकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ । क्याम्पस प्रमुख रहेकी बदना थापाको भने टेकु अस्पताल सरुवा भएको छ ।