पत्रकार महासंघ रुपन्देहीः कसले मार्ला बाजी ?
महा भिडन्त


बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा ३ जनाको उम्मेद्वारी परेको छ । आसन्न मंसिर २८ गते हुने महासंघको अध्यक्षका लागि गठबन्धन प्रेस चौतारी संयुक्त प्यानलबाट दिनेश पाण्डे, प्रेस सेन्टर, समाजवादी प्रेस संघठन, प्रगतिशिल र जनपत्रकार संघठनको संयुक्त प्यानलबाट विनोद परियारले उम्मेद्वारी दिएका छन् । पाण्डे पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत हुन् भने परिवार अहिले महासंघको सचिव समेत हुन् ।

अध्यक्षमा पत्रकार अमृता अनमोल (पाण्डेय)ले पनि उम्मेद्वारी दर्ता गराएकी छन् । अनमोल पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष तथा प्रेस चौतारीको केन्द्रिय सदस्य हुन् ।
अनमोलले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गरेको बताईएको छ । महासंघको पदाधिकारी र कार्यसमिति सदस्यमा पनि उल्लेखनीय रुपमा स्वतन्त्र रुपमा उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघ रुपन्देही शाखामा २५८ जना सदस्य रहेका छन् । अध्यक्षमा तीन जनाको उम्मेदवारीले रुपन्देहीको निर्वाचन निकै महत्वका साथ हेरिएको छ भने महा भिडन्त हुने देखिएको छ ।























