रवि लामिछानेलाई निलम्बन गर्न संसद्‍मा पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संघीय सांसद रवि लामिछानेलाई निलम्बन गर्ने पत्र आइपुगेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत पठाएको निमल्बनसम्बन्धी पत्र आइतबार अपरान्ह आइपुगेको संघीय संसद्‍का महासचिव पद्मप्रसाद पाण्डेयले खबरहबलाई बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ईमेलमार्फत् पठाएको पत्र आइपुगेको छ, उनले भने, हामी त्यसलाई कानुनबमोजिम प्रक्रियामा लैजान्छौँ।