एमाले महाधिवेशन प्रतिनिधिको चुनाव

रुपन्देहीको क्षेत्र नम्बर २ मा ५० जनाको उम्मेदवारी दर्ता

 

 

बुटवल, २६ कार्तिक–
नेकपा (एमाले)को महाधिवेशनका लागि जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया शुक्रवारबाट सुरु भएको छ ।
कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिकाअनुसार शुक्रवार उमेदवारी दर्ता गर्ने काम सुरु भएको सो पार्टीले जनाएको छ ।
यसैक्रममा रुपन्देहीमा पनि निर्वाचनको काम थालिएको छ । पार्टीका उपमहासचिव तथा यस क्षेत्रका सांसद विष्णु प्रसाद पौडेलको निर्वाचन क्षेत्र रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ५० जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।


महाधिवेशन प्रतिनिधिका लागि खुल्लातर्फ ३५ र महिलातर्फ १५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य डिआर घिमिरेले बताउनु भयो । जसमा कृष्ण पोखरेल, शिवराज सुवेदी, चित्र बहादुर कार्की, बासुदेव घिमिरे, भोज प्रसाद श्रेष्ठ, बावुराम भटराई, गोपाल भटराई, गोपाल राना, बावुराम पन्थी, मोहन चापागाई, तेजेन्द्र केसी, दिनेश फुल्लेल, मिन प्रसाद पौडेल, खुसीराम चौधरी कमला बिक, साबित्रा अर्याल, गुमादेवी आचार्य, ज्ञानु केसी, थान कुमारी थापा, जानकी न्यौपाने लगायतको उम्मेदवारी परेको छ ।
रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका रुपका लागि सुख्खानगरस्थित पार्टी कार्यालयमा उम्मेदवारी दर्ताको काम सकिएको छ । यस क्षेत्रबाट महिला ३ र खुल्लाबाट ८ गरि ११ जना महाधिवेशन प्रतिनिधि चयन हुने छन् ।
नेकपा एमालेको आशन्न महाधिवेशन प्रतिनिधि छनौटमाा निर्धारण गरिएको संख्या भन्दा निकै बढी आकाक्षी देखिएका छन् । त्यसले प्रतिनिधि छनौटमा सर्वसम्मत चयन हुने सम्भावना निकै गाहे देखिएको छ ।
रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा २ महिला सहित ६ जना, क्षेत्र नं ३ मा ४ जना खुल्ला र २ जना महिला, क्षेत्र नं ४ मा ४ जना खुल्ला र २ जना महिला, क्षेत्र नं ५ मा ४ जना खुल्ला र २ महिला महाधिवेशन प्रतिनिधि बन्ने प्रावधान रहेको छ ।
जिल्लाबाट कुल ३३ जना प्रतिनिधि हुने व्यवस्था रहेको छ भने आंकाक्षीको संख्या १ सयको हाराहारी रहेको छ ।
करीव १७ हजार बढी सदस्य संख्या रहको रुपन्देहीमा ३३ जना महाधिवेशन प्रतिनिधी हुन पाउने ब्यवस्था छ । एमालेले प्रत्येक प्रतिनिधीसभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि छनौट हुने नियम बनाएको छ । प्रतिनिधीका लागि आकांक्षीहरुको संख्या अत्याधिक भएपछि सर्बसम्मत गराउने र्पाी नेतृत्वको चाहाना पुरा नहुने देखिन्छ ।