व्यापार मेलामा जम्दै कलाकारको प्रस्तुती

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा कलाकारको प्रस्तुतीमा दर्शकहरु जम्दै गएको पाईएको छ । विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत् दर्शकहरुलाई मनोरञ्जन दिदै आएका छन् । बुधवार गायिका एलिना चौहान मेलाको मुृख्य कलाकारको रुपमा रहेकी थिइन् । सार्वजनिक विदा भएकाले मेलामा दर्शकको संख्या उल्लेख्य रहेको थियो । एलिनाको प्रस्तुतीमा दर्शकहरु रमेका थिए । जब गायिका एलिनाले कट्टा हान्दिन्छ, धोकेवाज हौ तिमि जस्ता गीत गाएकी थिइन् ।

लोक तथा दोहोरी गायक कृष्ण रेउले, नारायण विपि परियार, सुशिला गौतम, धनबहादुर गुरुङ, शिला गुरुङ, तारा थापा, दिपा थापा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

भोली बिहीबार लोक तथा दोहोरी गायक श्याम राना, सपना गाहा, विधान कार्की, सुनि तामी, निरु गुरुङ, हरि खत्री, हास्य कलाकार कमल गाउँले, डान्सर विना धिताल, शिल्पा मगर लगायतको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जनाएका छन्। पुस ३ गतेदेखि शुरु भएको मेला १८ गते सम्म सञ्चालन हुनेछ । मेलामा ५ सय स्टल रहेका छन् ।