नागार्जुनका नगरप्रमुख बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा


काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बस्नेतविरुद्ध यी दुई कसुरमा आइतबार मुद्दा दायर गरेको हो ।

घुस रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बद्ध कसूर भई सम्पत्ति शुद्धीकरण सम्बन्धीसमेत कसूर गरेको सम्बन्धमा आयोगले कँडेलबाट १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरेको छ । बस्नेतसहित उनकी पत्नी उर्मिला बस्नेतविरुद्ध पनि मुद्दा लागेको छ ।
बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालिका संचालकरअध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानूनी रुपमा जग्गा तथा रकम प्राप्त गरी उक्त जग्गा बिक्री समेत गरी सम्पत्ति शुद्धीकरण गरेको उजुरी आयोगमा परेको थियो ।

उजुरीमाथि अनुसन्धान हुँदा बस्नेतले नगर प्रमुखको पद तथा ओहदाको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहेको घररजग्गा व्यवसायी पद्मा कोलोनी प्रालिरपद्मा मर्चेन्ट कम्पनी प्रालिरजगतगुरु कृपालु प्रतिष्ठान नेपालका संचालकरअध्यक्ष राजुप्रसाद कँडेलबाट घुसररिसवत लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएकोरदिन लगाएको भेटिएको आयोगले जनाएको छ ।
उक्त प्रतिष्ठानलाई व्यक्ति तथा संघसंस्थाहरूबाट विदेशी सहायता सात अर्ब ४८ करोड रुपैयाँ प्राप्त गर्न सहमती दिए दिन लगाएको, उक्त प्रतिष्ठानको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गरेको पाइएको थियो ।
आयोगका अनुसारस सोही प्रतिष्ठानले नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्ने भनी विभिन्न जग्गा प्रतिवादी राजुप्रसाद कँडेल तथा निजको कम्पनीलाई उपलब्ध गराउन सम्झौता गरेरगराएको भेटियो । सम्झौता कार्यान्वयन गर्नरगराउन जग्गा धनीहरूलाई गफलतमा पारी सम्झौता गर्न लगाएको खुल्यो ।
नगर प्रमुख बस्नेतले तीन करोड ७२ हजार रुपैयाँ रकम जग्गाधनीहरुलाई भुक्तानी दिई जगदगुरु कृपालु प्रतिष्ठान नेपालले निर्माण गर्ने मन्दिरको लागि जग्गा लिने भनी बैनाबट्टा गरे गराएको पनि पाइएको छ ।
बजार मूल्य ४७ करोड ७५ लाख रुपैयाँ पर्ने ती जग्गाबापत पद्मा कोलोनी प्रालिले जग्गाधनीहरूलाई जम्मा १८ करोड ९४ लाख १८ हजार ४४८ रुपैयाँ भूक्तानी दिएको भेटिएको आयोगले जनाएको छ । राजस्व र बैनाबट्टा रकमसमेत गरी जम्मा २३ करोड २२ लाख २७ हजार रुपैयाँ भुक्तानी गरी ती जग्गा बजार मूल्यभन्दा करिब २४ करोड ५२ लाख ७३ हजार रुपैयाँ कममा कँडेलको कम्पनीलाई बेचिएको थियो ।यसो गर्नका लागि बस्नेतपत्नी उर्मिलाको पनि मिलेमतो रहेको विशेष अदालतमा दायर आरोपपत्रमा उल्लेख छ ।
सो काम गरिदिएबापत बस्नेतले बैंक खातामार्फत दुई करोड १५ लाख ७३ हजार ३९५ रुपैयाँ ३३ पैसा, थप ६ करोड ८२ लाख रुपैयाँ मूल्य बराबरको जग्गा लिएको खुलेको छ । साथै, उनले वैवाहिक भोज गर्दा कँडेललाई शंकर होटलमा २४ लाख ७२ हजार ६३७ रुपैयाँ ३३ पैसासमेत भुक्तानी गर्न लगाएका थिए ।
प्रतिवादी बस्नेत दम्पतीले सो काम गरिदिएबापत पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि तथा सो कम्पनीका सञ्चालक राजुप्रसाद कँडेलबाट जम्मा नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा लिएको कसुर वारदात पुष्टि भएको आयोगले जनाएको छ ।






















