अस्ताइन स्वरकी धनी रक्तिम कलाकार लक्ष्मी

बुटवल, कार्तिक २६ । जनवादी गायिक तथा रक्तिम सांस्कृतिक अभियानकी केन्द्रिय सल्लाहकार लक्ष्मी गुरूङको निधन भएको छ । लामो समयसम्म जनवादी सांस्कृतिक आन्दोलन तथा रक्तिम सांस्कृतिक अभियान कि अभियान्ता लक्ष्मी गुरुङको कार्तिक २५ गते निधन भएको हो । बुटवल निवासी ६० वर्षिय गुरुङ श्वासप्रश्वास र निमोनियाबाट पीडित थिइन ।
जनवादी गायिक लक्षी गुरुङको रुपन्देहीको भैरहवामा निधन भएको हो । घरमै अक्सिजन लगाएर उपचार भइरहेका बेला थप समस्या देखिएपछि केही दिन अगाडि उनको उपचारका लागि भारतको गोरखपुर लगिएको थियो । उपचार गरी फर्कंदा पुनः श्वासप्रश्वासको समस्या देखा परेपछि भैरहवा मेडिकल कलेलमा पुराइएको थियो ।
अस्पताल पुराए लगत्तै डाक्टरहरुले मृत घोषणा गरेको रक्ति सांस्कृतिक अभियान रुपन्देही अध्यक्ष सीता बस्यालले जानकारी गराइन । नेकपा मसालको पार्टी सदस्यसमेत रहेकी स्व. लक्ष्मी गुरुङको शुक्रबार पार्टीको झण्डा ओडाएर अन्तिम श्रदाञ्जली अर्पण गरिएको थियो । राष्ट्रिय जनमोर्चाको बुटवलस्थित पार्टी कार्यालयमा श्रदाञ्जली सभा गरी अन्तिम श्रदाञ्जली अर्पण गरिएको हो । नेकपा मसालका प्रतिनिधि चन्द्रबहादुर केसीले कम्युनिष्ट पार्टीको झण्डा ओडाएर अन्तिम श्रदाञ्जली अर्पण गरेका थिए ।
उक्त श्रदाञ्जली सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लक्ष्मी गुरुङको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताउंदै दुख्ख व्यक्त गरे । श्रदाञ्जली अपर्ण गर्दै अध्यक्ष केसीले नैतिकवान र इमान्दार कार्यकर्ताको निधनले सिङो कम्युनिष्ट आन्दोलनलाइ क्षती पुगेको बताए ।
उक्त श्रदाञ्जली समाभा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमले भापपूर्ण श्रदाञ्जली अर्पण गर्दै नेपालको प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलनले महत्वपूर्ण प्रतिभा गुमाएको परेको बताउंदै स्व. लक्ष्मी गुरुङको जीवनीबारे चर्चा गरेका थिए ।
त्यस्तै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले शोक विज्ञप्ती जारी गरी श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । गुरुङको निधनले पार्टीले इमान्दार, आशावादी तथा कर्तव्यनिष्ठ सदस्य गुमाउंदा पार्टीलाई अपुरणीय क्षती भएको महामन्त्री सिंहद्वारा शोक विज्ञव्तीमा उल्लेख गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सदस्य लक्ष्मी गुरुङ रक्तिम सांस्कृतिक अभियानमा रहेर नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा महत्पूर्ण योगदान रहेको थियो । स्व. लक्ष्मी गुरुङले दर्जन बढी जनवादी गीत गाइकी छन् । स्व. लक्ष्मी गुरुङको शुक्रबार बुटवलस्थित गुरुङ डांडामा दाहासंस्कार गरिएको छ । स्व गुरुङको परिवारमा एक छोरा र एक बुहारी छन् ।