बुटवलमा स्वस्थ्यका लागि दौड प्रतियोगिता हुँदै

बुटवल । नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने भएको छ । स्वस्थ्य सचेतना जगाउँदै रुपन्देहीभित्रका व्यावसायिक र सामाजिक संघसंस्थाहरु बिचमा सम्बन्ध विस्तार गर्ने उद्देश्य अनुसार संघले दौड गर्ने भएको हो ।

शुक्रबार (आज) प्रतियोगिताबारे जानकारी दिन बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष डा. कृष्ण खरेलले आवश्यक तयारी पुरा भएको बताए । व्यायाम शारीरिक स्वास्थ्यसंगै मानसिक सन्तुलन र दीर्घायु जीवनका लागि पनि महत्वपूर्ण मानिने भएकाले नागरिकमा सचेतना जगाउने गरी दौड प्रतियोगिता गर्न लागिको डाक्ठर खरेलले स्पष्ट पारे ।

उनले थपे, शनिवार (भोली) विहान ८ बजे बुटवल भैरहवा सिद्धार्थ राजमार्गमा रहेको राजमार्ग चौराह नजिकै रहेको पृथ्वीनारायण शाह पथ, पूर्वकालिकानगरबाट प्रतियोगिता शुरु हुने र दौड साईनो केन्द्र मंगलापुरमा पुगेर समापन गरिनेछ ।

संघको आयोजनामा चिकित्सकहरुबीच सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि वर्षेनी विभिन्न गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रमहरु आयोजना गर्दै आएको आयोजकल जनाएको छ । स्वस्थ्य, खेलकुद र संस्कृति संरक्षणको अभियानलाई जोडेर विभिन्न कार्यक्रम गर्न लागिएको संघका महासचिव डा.प्रकाश वस्नेतले जनाए।

सम्मेलनमा संघका अध्यक्ष डा. कृष्ण खरेल, कोषाध्यक्ष डा. रमेश भट्टराई, सहसचिव डा.मोहन तिवारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेलले दौड प्रतियोगिताको टिसर्ट सार्वजनिक गरेका थिए ।

प्रतियोगितामा पुरुष र महिला दुबैतर्फका उपाधि विजेताले नगद २० हजार रुपैयाँ, मेडल, प्रमाणपत्र, दोस्रो पुरस्कार १५ हजार र तेस्रो पुरस्कार १० हजार रुपैयाँ, मेडलबाट पुरस्कृत गरिने बताईएको छ । प्रतियोगितामा रुपन्देहीका ३ दर्जन बढी संघसंस्थाहरुले सहभागिता जनाउने अपेक्षा गरिएको आयोजकले बताएको छ । सहचागि हुने टिमले साँझ पाँच बजेसम्म नाम दर्ता गर्न आह्वान गरिएको छ ।