नेपाल बन्दले जनजीवन प्रभावित

बुटवल, कार्तिक ३० । नेत्र विक्रम चन्दको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्द कारण जनजीवन प्रभावित भएको छ । नेकपा विप्लप पक्षले पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा आज आयोजना गरेको नेपाल बन्दको प्रभावले जनजीवन प्रभावित भएको हो । बन्द कर्ता कतै नदेखिएपनि बन्दको प्रभाव परेको छ ।
नेपाल बन्दको कारण बुटवलबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन । जसका कारण दिनभर नै सडकहरु सुनासन रहे । त्यस्तै शिक्षण संस्थाहरु पनि बन्दरहेभने उद्योग कलकारखाना पनि प्रभावित भएका छन् ।
मुल्यबृद्धि तत्काल फिर्ता हुनुपर्ने, बजार नियन्त्रण गरी महङ्गी बढाउने विचौलयिाहरुलाई कारवाही गरी मुल्य नियन्त्रण गर्नुपर्ने लगायतका विभिन्न मागसहित विप्लप नेतृत्व नेकपाले नेपाल बन्दको आहन गरेको हो । बन्दको कारण रुपन्देही र आसपासको क्षेत्रमा कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।
रुपन्देहीसहित पाल्पा, नवलपरासी, कपिलवस्तु दाङ लगायतका लुम्बिनी प्रदेका जिल्लाहरुमा बन्दको प्रभाव परेको छ ।