प्यूठानको छ सय वर्ष पुरानो सराय नांच बुटवलमा प्रदर्शन

बुटवल, कार्तिक ३० । प्यूठानको मौलिक संस्कृतिसंग जोडिएको ६ सय वर्ष पुरानो सराय नांच बुटवलमा प्रदर्शन गरिएको छ । प्यूठानको सराय र सोरठी भैलो परापूवर्क कालदेखिको ऐतिहांक मानिन्छ । प्यूठानमा परापूवर्क कालदेखि खेलिदै आएको भैलो र सराय प्यूठान रुपन्देही सम्पर्क मञ्चले बुटवलमा प्रदर्शन गरेको हो। अहिले मान्छेहरु सोच, व्यवहार परिवर्तन गर्दै मौलिक धर्म संस्कृतिलाई भुल्दै गएको अवस्थामा सम्पर्क मञ्चले बुटवलमा हरिबोधनी एकादशीमा ऐतिहासिक भैलो र सँराय नांच प्रस्तुत गरेको हो।

प्यूठानमा नाचिने ६ सय वर्ष पुरानो सराय नांच नचाइएको हो। प्यूठानबाटै कलाकार ल्याएर ऐतिहांसिक भैलो र सराय नांच देखाइएको हो। प्यूठानकोे परापूर्व कालदेखिको मौलिक संस्कार, संस्कृतिबारे नयां पुस्तालाई जानकार गराउन सोरेठी भैलो र सराय नांच बुटवलमा प्रदर्शन गरिएको सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेलले जानकारी गराए। उक्त सांस्कृतिक कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आर्थिक मामिल तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले कला संस्कृतिको संरक्षण गर्ने गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकार सहयोग पुराउने बताए।

प्यूठानको गाउंघरमा खेलिने पुरानो भैलो र सराय नांच ऐतिहांसिक भएकाले उक्त पुरानो संस्कृति संरक्षण गर्नमा प्यूठान रुपन्देही सम्पर्क मञ्चले महत्वपूर्ण काम गरेको भन्दै मन्त्रीले सम्पर्क मञ्चको प्रशंसा गरे। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा सम्पर्क मञ्चका पूर्वसचिव रामराज पोख्रेलले मौलिक धर्म संस्कृतिलाई भुल्न नहुने भन्दै पछिल्लो समय संस्कार र संस्कृतिलाई नयां पिडिले भुल्दै गएकाले संस्कृतिलाई जीवन्त राख्नु पर्नेमा जोड दिए।

प्यूठान नगरपालिका वडा नम्बर ३ का सचिव ध्वजबहादुर केसीले प्यूठानको मौलिक संस्कृति संरक्षण गरी प्रचार प्रसार गर्न सके राष्ट्रलाई नै फाइदा पुग्ने बताए। प्युठान–रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता, सचिव प्रदीप जीसी र कार्यक्रम संजोजक तथा मञ्का उपाध्यक्ष जेवी क्षेत्रीको सञ्चालनमा भएको सांस्कृतिक कार्यक्रममा प्रदेश सांसद तारा जीसी,  मञ्चका संस्थापक, पूर्व अध्यक्षहरु र संस्कृति विद्हरुको सहभागिता रहेको थियो।

बुटवलको देवीनगरस्थित भूपू सैनिक कल्याण क्लवको प्रांगणमा सांस्कृकि कार्यक्रमको आयोजना गरिएको थियो । डल्लेको सराए प्रत्येक वर्ष भाइटिकाको भोलीपल्ट प्यूठान नगरपालिकाको पूण्यखोला फाँटमा प्रदर्शन हुने ऐतिहासिक डल्ले सरायँ दुई वर्षदेखि भएको छैन् । कोरोनाको कारण स्थानीय प्रशासनले ठूलो जमघट हुन नदिएपछि ऐहिांसिक सराए नांच यसवर्ष पनि सरायँ नाँच हुन सकेन। उत्साहित भएर सरायँ प्रदर्शन गर्न पुग्नेहरु दुई वर्षदेखि निराश भएर घरमै थिए ।

तर, यसवर्ष गृह जिल्लास्थित पूण्यखोलामा सरायँ नाँच देखाउन नपाएपनि प्यूठान नगरपालिका वडा नम्वर ३ सापडाँडाका यूवाहरुले बुटवलमा पुगेर सरायँ नाँच देखाए। उनीहरु पहिलोपटक बुटवलमा आएर नाँच प्रदर्शन गरेका हुन्।सरायँ देखाउने बन्दोवस्तको व्यवस्था मिलाएको थियो प्यूठान–रुपन्देही सम्पर्क मञ्चले । बुटवलमा रहेका प्यूठानीहरुमाझ सरायँ नाँच देखाउन पाउँदा निकै उत्साहित भएको प्यूठान नगरपालिका ३ का स्थानीय सुरेन्द्र परियारले बताए । प्यूठानको डल्ले फांटमा तिहारको बेला नाच्ने सराय नांच र भैलो ऐतिहांसिकताको हिसावले महत्वपूर्ण मानिेने संस्कृति विद् डाक्टर गितु गिरीको भनाइ छ ।