सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रुु गर्दै प्रम ओलीले यसो भने


बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शीघ्र विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । शुक्रबार सिद्धबाबा सुरुङमार्ग योजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सिंहदरबारबाट भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै उनले पछौटेपनहरूलाई चिर्दै जाने र उपलब्धिहरूलाई जोड्दै लगेर समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताए ।

उनले अहिलेको सरकार विकास,स्थायित्व र स्थिरताका लागि बनेको बताए । अघिल्लो कार्यकालमा शुरु भएका कामहरू अहिले पुनः शुरु गरिएको बताए । उनले सबै एकजुट हुन सके देश बन्न समय नलाग्ने बताए । देशको शीघ्र विकास र सुशासनका लागि अहिलेको सरकार अघि बढेको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘स्थानीय जनता, जसले यस सुरुङ मार्गको निर्माणका लागि सरकारलाई झक्झकाउने काम, हामी सबैलाई झक्झकाउने काम र छिटो गर्नका लागि प्रेरित र प्रोत्साहित गर्नुुभएको छ, म उनहरुलाई पनि धन्यवाद भन्न चाहन्छु । यो हामी सबैको सफलता हो । यस्तै सफलता जोड्दै गएर नेपाल एउटा सफलताको देश हुनेछ । यस्तै उपलब्धिहरूलाई जोड्दै गएर उपलब्धिको देश हुनेछ ।

यस्तै पछौटेपनहरूलाई चिर्दै जाने घटनाहरूबाट, उपलब्धिहरूबाट जोडिँदै गएर पछौटेपन समाप्त पारिएको देश हुनेछ । हामी आशावादी बन्न सक्नुपर्दछ । अहिलेको सरकार विकासका लागि बनेको छ । यो सरकार स्थायित्व र स्थिरताका लागि बनेको छ । यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक शुुरु भएका कामहरू अगाडि बढेका छन् । अहिले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ ।
यी कुराहरूमा तल्लीन भएर जनतालाई सेवा सुविधा कसरी पुु¥याउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर नै अहिलेको सरकार अगाडि बढेको छ । तसर्थ, म सबैलाई आशावादी हुन, हामी बनाउँछौँ हाम्रो देश, अरूले बनाउने होइन, हामीले आफैँ बनाउँछौँ, हामी अरूको पनि सहयोग लिन सक्छौँ, अरूको लगानी आमन्त्रण गर्न सक्छौँ, अरूको अनुकूलता, हाम्रो अनुकूलता र आवश्यकता, प्राथमिकतामा अरूका लोनहरू पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौँ ।
जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ । यसर्थ हाम्रो देशको विकास सम्भव छ, छिटो हुन्छ । यो देशसँग अहिले पनि युवा जनशक्ति छ, स्रोत साधन छन्, हाम्रा प्रयासहरू र हाम्रा मित्रहरूका साथ सहयोगले हामी छिटै अगाडि बढ्न सक्ने छौँ ।






















