काम जस्तै नतिजाले नमुना छ, शान्ति नमुना मावि

६६ औं वार्षिकोत्सव मनाउंदै शान्ति नमुना

 श्यामलाल पोखरेल
बुटवल, माघ १५ गते । रुपन्देहीको शान्ति नमुमना माध्यमिक विद्यालयले शैक्षिक कार्यक्रमसंगै अतिरिक्त कार्यक्रमहरुलाई महत्व दिने गरेको छ । विद्यार्थीका लागि पहिलो पढाई शिक्षा सिकाई भएपनि जीवन जिउनका लागि अन्य अतिरिक्त क्रियाकलाप आवश्यक पर्ने भएकाले विद्यालयले अतिरिक्त कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।

रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले संस्कारसहितको शिक्षा दिंदै आएको छ । शिक्षासंगै सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थीलाइ सरसफाई, स्वास्थ्य, साहित्य, लोकसंस्कृति र खेलकुंदमा विद्यार्थीलाई सहभागिता गराउने गरेको छ ।
विद्यलायले आफ्नो ६६ औं वार्षिकोत्सवको अवसरमा यही माघ ९ गतेबाट विद्यालयले खेल सप्ताह आयोजना गरिरहेको छ ।
कक्षा ११–१२ र सिटिइभिटि अन्तरगत भलिवल, फुटवल, कपर्दी, हाइजम्प, लङ्ग जम्प, टेवल टेनिस, सटपुट, ४ सय मिटर दौड लगायतका खेलहरु विद्यालयले आयोजना गरेको थियो ।

कक्षा ६ देखि कक्षा ९ का विद्यार्थीकाा लागि १०० मिटर र २०० मिटर दौड सम्पन्न भएका छन् । त्यसैगरी कबड्डी, लङग जम्प, टेवल टेनिस, कपर्दी, प्रतियोगिताहरु भएको अतिरिक्त क्रियाकलाप संयोजक सुशील पाण्डेयले मिसन टुडेलाई जानकारी गराए ।
विद्यार्थीको रुची अनुसार साहित्य प्रतियोगितासमेत आयोजना गरिएको थियो । साहित्य प्रतियोगितातर्फ कक्षा ११–१२ मा सामाजिक सञ्जालको प्रयोग शीर्षकमा निबन्ध लेखन प्रतियोगिता ३६ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

यस्तै कक्षा ८ र ९ मा भएको वक्तृत्वकला प्रतियोगितामा अनुश्री शर्मा प्रथम, मेलिना घिमिरे द्वितीय, प्राप्ती अर्याल तृतीय र गृष्मा ज्ञवाली तृतीय भएको शिक्षक भीम भुसालले जानकारी गराए ।

यस्तै कक्षा ६ र ७ मा खुला कथा लेखन, कविता वाचन र वक्तृत्वकला प्रतियोगिता भएको थियो । कविता प्रतियोगितामा अनिशा चापागाईं प्रथम, रिया ज्ञवाली द्वितीय, इशिका अर्याल तृतीया र अनुष्का भुसालले प्रोत्साहन स्थान प्राप्त गरिन्
वक्तृत्वकला प्रतियोगितामा एञ्जिला पाण्डे प्रथम, चेतना पाण्डे द्वितीय, प्रतिज्ञा गौतम तृतीय र कुञ्जन पौडेल तथा बिप्सना पाण्डेले प्रोत्साहन स्थान प्राप्त गर्न सफल भए ।

वार्षिकोत्सवको अवसरमा माघ १५ गते खाना महोत्सव तथा पुस्तक प्रदर्शनी, माघ १८ गते जिल्ला स्तरीय विज्ञान प्रदर्शनी, रक्तदान कार्यक्रम र पढाइ महोत्सव, माघ २० गते छात्रवृत्ति वितरण र माघ २१ गते वार्षिकोत्सव मूल समारोह आयोजना गरिने विद्यालयले बताएको छ । सोही दिन पुरस्कार वितरण एवम् सम्मानको कार्यक्रम गरिनेन शिक्षक दिनेश खड्काले बताए ।
सरकारी लगानीबाट सञ्चालित सरकारी स्कुलमध्ये रुपन्देही तिलोत्तमा नगरपालिका मणिग्राममा सञ्चालित शान्ति नमुना माध्यमिक विद्यालय देशभरकै स्कुलहरुका लागि नमुना विद्यालय हो ।

रिजल्टमा सतप्रतिशत नतिजा ल्याएर नाम जस्तै व्यवहारमा नतिजा देखाउंदै आएको छ, शान्ति नमुना माध्यमिक विद्यालयले ।
साधारण शैक्षिक कक्षा सञ्चालनसंगै अटिजमका विद्यार्थीका लागि पनि शान्ति नमुना माध्यमिक विद्यालयले कक्षा सञ्चालन गर्दै आएको छ । त्यस्तै सिटिभिटीको कोर्ष अन्तरगत मेकानिकल ईन्जिनिर पढाउंदै आएको विद्यालयले श्रवण दृष्टिविहिनहरुका लागि छुटै् कक्षा सञ्चालन गरी पठकन पाठन गराउंदै आएको छ ।

पढाइसंगै सबै विद्यामा विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गरिएको र अझै विद्यालयको गरिमालाई उचो बनाउने गरी काम गरिएको विद्यालयका प्रध्यानध्यापक कुलप्रसाद लामिछानेले बताए । शान्ति नमुना माध्यमिक विद्यालया झण्डै सात हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।