महाधिवेशन सफल बनाउन एमालेका नेता कार्यकर्ता सक्रिय

बुटवल, मंसिर ४ । १० औ महाधिवेशनको मुखमा आउंदा रुपन्देहीमा एमालेले प्रचार प्रसार र संगठन विस्तारलाई तीब्रता दिएको छ । जनआधारका रुपमा एमालेको बर्चस्व मानिने रुपन्देहीमा एमालेका नेतादेखि कार्यकर्ता महाधिवेशनलाई लक्षित गरी लागेको छन् ।
नेकपा एमालेको आगमी मंसिर १० देखि १२ गतेसम्म चितवनमा १० औं राष्ट्रिय महाधिवेशन हुंदै छ । उक्त महाधिवेशन सम्पन्न गर्नका लागि रुपन्देहीमा एमालेले प्रचार प्रसार र संगठन विस्तारलाई तीब्रता दिएको छ । महाधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै कार्यकर्ताको सहभागिता गराउने रुपन्देही एमालेको तयारी छ ।
लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागीगता राउने र रुपन्देहीबाट मात्र १२ हजार कार्यकर्ता चितवनको महाधिवेशनमा सहभागिता गराउने नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लिला गिरीले बताएका छन् । प्रचार समिति लुम्बिनी प्रदेशले बुटवलमा पत्रकार सम्मेलनगरी १२ जिल्लाबाट ७५ हजार कार्यकर्ता चितवनमा लैजाने योजना अनुसार सबै जिल्लामा कार्यविभाजन भएको बताएको छ ।
एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लिला गिरीले रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाबाट पार्टी मजबुतको सन्देश दिनका लागि ७५ हजार कार्यकर्ता चितवनमा लैजाने योजना बनेको पत्रकार सममेलनमा जानकारी गराए । एक पालिका एक स्वागत गेटसमेत निर्माण गरेर महाधिवेशनको प्रचार प्रसारलाई अगाडि बढाइएको गिरीले बताए ।
केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य लिला गिरीका अनुसार यसपटकको महाधिवेशनमा पर्चा पम्पेल्ट र भित्तेलेखनले प्रचार प्रसार नगरिने भन्दै सम्भव भएका स्थानमा डिजिटल डिप्लेमार्फत पनि प्रचार प्रसार गरिने छ ।
एमाले प्रचार विभागका सदस्य डिआर घिमिरेले बुटवलमै महाधिवेशन भएको झल्को दिने गरी बुटवलमा प्रचार प्रसार व्यापक गरिने बताए । बुटवलको चौराहदेखि विपी चोकसम्म मुख्य राजमार्ग क्षेत्रमा डिजिटल डिप्लेमार्फत महाधिवेशनको प्रचार प्रसार गर्ने र बुटवलका प्रत्येक वडामा महाधिवेशन प्रचारका लागि गेट तयार गर्ने एमालेको तयारी छ ।
महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २ सय ८ जना प्रतिनिधि छनोट भइसकेका छन् । एमालेले महाधिवेशन लक्षित गरी लुम्बिनी सन्देश नामक बुटेलिन प्रकाशनसमेत गर्ने भएको छ ।
एमाले रुपन्देही प्रचार विभागका संयोजक मोहन चापागाईले महाधिवेशन प्रतिनिधिको विवरणसहित जबज, कम्युनिष्ट आन्दोलन, हालसम्म भएका ९ वटा महाधिवेशनको समीक्षा र १० औं महाधिवेशनले दिन खोजेको सन्देशबारे बुलेटिनमा समेटिने जानकारी गराए ।