रगत नपाए बुटवल जानु अभियान जारी

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको साधारण सभा सम्पन्न

बुटवल, माघ १९ गते । निःशुल्क रुपमा रगत उपलब्धगराउन सरोकारवालाहरुले सरकारसंग माग गरेका छन् । मानसको जीवन बचाउने रगतको मुल्य लिन नहुने उनीहरले बताएका छन् ।

शनिबार बुटवलमा सम्पन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको १२ औ वार्षिक साधारण सभामा बोल्ने सरोकारवाला निकायका प्रतिनिधिहरुले नागरिकबाट रगतका पैसा असुल्न गर्ने काम ततत्काल बन्द गर्न तीनै तहका सरकारसंग माग गरेका हुन् । स्थानीय सरकारले आफ्ना नागरिकलाई रगत निःशुल्कको व्यवस्था गरेकारले अब सबै स्थानीय सरकारहरुले रगतमा लाग्ने कुनै पनि शुल्क नलिन आग्रह गरेका छन् ।
सोही कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले शिक्षा र स्वास्थ्यमा बुटवल हब बनेकाले सहज रुपमा रगत उपलब्ध गराउनु पर्ने र त्यसका लागि स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्दता जनाए ।

उनले बुटवलले बुटवलबाहेक अन्य १६ जिल्लाको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले स्वास्थ्वास्थ्य संस्थाहरु अझै वयवस्थित गरेर सेवा दिनुपर्नेमा जोड दिए । उनले बुटवलका ब्लड बैंकलाई अध्याधुनिक तथा आधुनिक ब्लड बैंक बनाउन बुटवल उपमहानागरपालिका सबसंग सहकार्य गर्ने बताए ।

उनले कोभिडको समयमा बुटवलमा रगतको अभाव नभएको स्मरण गर्दै रगत उपलब्ध गराउन रातदिन खट्ने नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका पदाधिकारी, सदस्य, ब्लड बैंक र रक्तदाताहरुलाई धन्यबाद ज्ञापन गरे ।

ब्लड बैंकको थप व्यवस्थित गर्नुपर्ने बताउंदै मेयर पाण्डेयले भने ब्लड बैंकका लागि बैकल्पिक ठाउंको खोजी गरी छिटो निर्णय गर्नुपर्छ, स्थानीय सरकारको तर्फबाट सहयोग हुन्छ । बुटवल उपमहानगरपालिकाले शुरदेख नै स्वास्थ्य क्षेत्रमा गम्भीर भएर बुटवलका ८३ स्थानबाट स्वास्थ्य सेवा दिएको बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीले सबै नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउनु पर्ने बताउंदै यो वा त्यो बाहानामा रगतको पैसा लिन नपाईने बताए । उनले स्वास्थ्यको विषयमा तिनै तहका सरकारलाई सम्बेदनशील बनेर रगत निःशुल्क उपलब्ध गराउन माग गरे । अध्यक्ष चौहानले १ सय ४२ पटक रक्तदान गरेर सेवा प्रदान गरेको जानकारी गराए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले रक्तदात गर्नुपर्छ भने बानीको विकास गर्न आमनागरिकमा सचेतान ल्याउनु पर्नेमा जोड दिए ।

नेपाल नियमित रक्तदाता संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले रगतको अभाव गराउन नहुने बताउंदै अब टोलटोलमा रक्तदान कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।

वार्षिक साधारण सभाको अबसरमा नेपाल रेडक्रस सोसाइटी तथा रक्तञ्ंचार सेवा केन्द्र बुटवल शाखामा विगत २६ वर्षदेखि कार्यरत निरन्जन राजभण्डारी र रक्तदाता युवाहरु कमल भण्डारी र सुमन घिमिरेलाई सम्मान गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही सचिव अर्जुन पौडेलले जानकारी गराएका छन् ।

कार्यक्रममा रुपन्देही ब्यापार संघका बरिष्ठउपाध्यक्ष प्रकाश ढकाल, मानव अधिकार तथा शान्ति समाज रुपन्देही अध्यक्ष अर्जुन ज्ञवाली, समाजका सल्लाकार डाक्टर राजेन्द्रप्रसाद बश्याल, स्वयंसेवी रक्तदाताहरु मिठु टण्डन भण्डारी, प्रकाश खनाल, समाजका उपाध्यक्ष उदय भटराईले बोल्दै रक्तदान कार्यक्रममा सबैलाई जोडिन आग्रह गरेका थिए । समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षता र सचिव अर्जुन पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही विगत लामो समयदेखि हरेक महिनाको अन्तिम शनिबार नियामित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
रगत नपाए बुटवल जानु नाराका साथ रक्तदान अभियान चलाएको समाजले रक्तदान अभियानलाई निरन्तरता दिएको छ । कोरानाको समयमा बुटवलमा रगत संकलन गरेर काठमाण्डौस्मेत रगत पुराएको अध्यक्ष चौहानले बताए ।

रगत नपाए बुटवल जानु भन्ने नारालाई सार्थकता बनाउन नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
रगत नपाए बुटवल जानु भन्ने नारा पुरा गर्ने गरी रगत दिन मिल्ने सबै नागकिलाई रक्तदान कार्यक्रममा सहभागिता गराउन घरघरा सन्देश पुराउने गरी कार्यक्रम गरिने समाजका सचिव अर्जुन पौडेलको भनाइ छ ।