मसालका महामन्त्री मोहनविक्रम र भारतीय वामपन्थी नेता बर्माबीच भेटघाट

खिमराज चालिसे

भारत । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र भारतीय वापन्थी बुद्धिजीवी आनन्दस्वरूप बर्माबीच भेटघाट भएको छ । समसामयिक राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गर्न भारतको नोएडामा यही माघ २४ गते भेटघाट भएको हो ।

भेटघाटमा भारतीय वामपन्थी लेखक स्वदेश सिन्हा तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राजमो केन्द्रीय सल्लाहकार तथा वामपन्थी नेता आनन्द शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल र केन्द्रीय सचिवालय सदस्य धनवीर पुनको पनि उपस्थिति रहेको थियो ।

भेटमा समसामयिक विश्व राजनैतिक परिस्थितिबारे छलफल भएको राजमो नेता आनन्द शर्माले जानकारी दिए । ‘छलफलको क्रममा विश्वस्तरमा बढ्दै गएको फासिवादको खतराबारे समान धारणा रहेको र भारतको मोदी सरकारको नीति फासिवादी रहेको विषयमा दुई नेताको समान धारणा रहेको छलफलमा सहभागि आनन्द शर्माले बताए ।

भेटघाटको क्रममा नेपाल तथा भारतको कम्युनिस्ट आन्दोलनमा देखा परेका विभिन्न समस्याबारे पनि छलफल भएको थियो ।
छलफलका क्रममा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालमा प्रतिगमनको खतरालगायतका विषयमा चर्चा गरेका थिए । सो अवसरमा महामन्त्री सिंहले “कामरेड जलजला” वामपन्थी बुद्धिजीवी बर्मालाई हस्तान्तरण गरेका थिए ।