पश्चिमाञ्चल यातायात समितिमा नयांलाई स्वागत, पुरानालाई विदाई

बुटवल, फागुन ४ गते । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका प्रमुख र दुर्घटनाका सहायकलाई विदाई गरिएको छ भन्ने नवनियुक्त कार्यालय प्रमुखलाई स्वागत गरिएको छ ।

पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनले समितिमा लामो समयसम्म सेवा गरी सेवानिवृत भएका कायाृल्य प्रमुख बाबुराम अधिकारीलाई बदिाई गरेको छ । कार्यालय प्रमुखमा नियुक्त भएका प्रकाश गैरेलाई स्वागत गरिएको छ ।त्यस्तै दूर्घटनाका सहायक शिव क्षेत्रीलाई विदाई गरिएको छ ।

स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष हिमत आचार्यको अध्यक्षतामा विदाई तथा स्वागत कार्यक्रम गरिएको हो । सो अवसरमा बोल्दै बाबुराम अधिकारीले लामो समयसम्मसंगै काम गरिएका कर्मचारीहरुले सम्मानसहित बिदाई गरेकोप्रति खुशी व्यक्त गर्दै आफु यो कार्यालय भन्दा बाहिर भएपनि आफुले गर्न मिल्ने सहयोग पुराउने बताए । उनले पश्चिमाञ्चल यातायात समिति र कर्मचारी साथिहरुसंग सुमधुर सम्बन्ध राखिरहेने बताए ।

नवनियुक्त कार्यालय प्रमुख प्रकाश गैरेले सञ्चालक र कर्मचारीहरुको भावनाको कदर गरेर कार्यसम्पादन गर्ने बताए । सबैसंग सहकार्य, समन्वय गरेर संस्थाको हितमा प्रतिबद्द भएर काम गर्ने नवनियुक्त कार्यालय प्रमुख गैरेले प्रतिवद्दता जनाए । उनले संस्थाको नियम पालना गरेर इमान्दार भएर आफुले पनि काम गर्ने र कर्मचारीहरुलाई पनि अनुसासति भएर काम गर्न आग्रह गरे ।

स्वतन्त्रक र्मचारी युनियनका अध्यक्ष हिमत आचार्यको अध्यक्षता र सचिव भूमिकला रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।