भैरहवाको सिद्धार्थनगरमा प्राङ्गारिक मल बितरण शुरु


बुटवल, फागुन ११ गते । किसनाहरुको मागलाई सम्बोधन गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले किसनालाई प्राङ्गारिक मल बितरण गर्न थालेको छ । कृषि क्षेत्रलाई प्राथमिकता दिंदै आएको नगरपालिकाले साना ठूला किसानहरुलाई कृषिमा थप आर्कषित गराउने गरी प्राङ्गारिक मल बितरण गर्न शुरु गरेको हो ।

माग अनुसार सिद्धार्थनगर नगरपालिका भित्रका किसानहरुलाई प्राङ्गारिक मल उपलब्ध गराएर केहीन केही भएपनि अर्गानिक उत्पादनका लागि सहयोग पुराउने उद्देश्यले प्राङ्गारिक मल बितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताए । 
दिन प्रतिदिन खेतीबालीमा रासायनिक मलको प्रयोग बढेपछि जमिनमा अम्लियपन बढेकाले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले किसानहरुलाई अनुदानमा प्राङ्गारिक मल बितरण गर्न थालिएको हो । बढी मात्रमा रसायनिक मलको प्रयोगका कारण कृषि उत्पादनमा हुंदै गएको कमी र उपभोक्ताको स्वास्थ्यमा पनि असर पर्न थालेपछि अर्गानिक तथा विषादीयुक्त कृषि उत्पादनका लागि नगरपालिकाले प्राङ्गारिक मल वितरणको अभियान चलाएको हो ।

रासायनिक मलको प्रयोगले कतिपय स्थानमा खेती नै नहुने समस्या कम गरी उर्वराशक्ति ह्रास हुन नदिन र माटोलाई मर्न नदिन, अम्लीयपन बढ्नबाट रोक्न र उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग बढाउने योजनाका साथ प्राङ्गारिक मल वितरण गर्न थालिएको नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले बताए ।
किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोगका कारण पिएच मानसँगै नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने हुंदा नगरपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन गरेको र यो अभियानलाई निरन्तर जारी राख्ने नगर प्रमुख खाँले मिसन टुडेलाई जानकारी गराए ।
नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रशाद यादवले नगरपालिकाले बितरण गर्न थालेको मल खासगरी कौसी खेती, करेसावारी, फलफुलका बिरुमाहरुमा बढी लाभदायी हुने बताए । कृषि शाखा प्रमुख योगेन्द्रप्रशाद यादवका अनुसार पहिलो चरणमा नगरपालिकाले ७ सय ७२ बोरा प्राङ्गारिक मल बितरण गर्ने छ र यो अभियान निरनतर जारी रहने छ ।
२५ किलोग्रामको एक बोरालाई बजारमा प्रती किलो ३२ रुपैया पर्दछ ।
नगरपालिकाले किसानहरुलाई १६ रुपैयामा बितरण गर्ने भएको छ । मल झारपात, खुखुराको सुली जस्ता फालिएका विभिन्न प्रकारका फोहोरबाट बन्ने हुदाँ अर्गानिक खेतिका लागि बढी उपयोगी हुने कृषि विज्ञहरुले बताएका छन् ।
कम जग्गा भएका र कौसी खेती गर्नेहरुलाई बढी लक्षित गरिएको र यसको प्रयोगबाट व्यवसायिक किसानहरुलाई आर्कािषत गर्न सकिने उपमेयर उमा अधिकारीले बताइन् ।
अहिले कौसी खेतिका लागि बढी यो मल उपयोगी हुने भएपनि सिद्धार्थनगर नगरपालिकाको नगर क्षेत्र कृषिका लागि उपयुक्त भूमि भएकाले व्यवसायिक कृषिमा लागेका किसानहरुलाई पनि नगरपालिकाले प्राङ्गारिक मलको प्रयोगका लागि उत्साहित बनाउने उपमेयर उमा अधिकारीको भनाइ छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा १० सय ५२ हेक्टर क्षेत्रफल रहेको जमिनमा कृषि उत्पादन गर्ने गरिएको छ । सिद्धार्थनगरमा बढी मात्रमा तरकारी उत्पादन हुने गर्दछ । तरकारीका साथै धान, गहु र तोरी पनि राम्रै उत्पादन हुने गर्दछ ।
धान, गहु र तोरीको विउ उत्पादन गरेर निर्यात हुदै आएको भैरहवाका सिद्धार्थनगर नगरपालिका क्षेत्र आलु उत्पादनका लागि उर्भरभूमि हो ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










