शाइन रेसुगां बैकले मनायो वार्षिकोत्सव,पत्रकार खनाल पुरस्कृत


श्यामलाल पोखरेल

बुटवल, फागुन ११ गते । बुटवलको सञ्चालित शाइन रेसुगां बैंकले १६ वर्षको अबधीमा अधिकृत पंजी ८ अर्व बनाएको छ । २०६५ सालमा स्थापना भएको बैंकले आईतबार १७ औं वार्षिकोत्सव कार्यक्रममा आफ्नो आर्थिक कारोवारबारे सार्वजनिक गरेको छ ।
बैंकले वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गरी अधिकृत पूंजी ८ अर्व र चुक्ता पूंजी ४ अर्व ८७ करोड रहेको बताएको छ ।
काठमाण्डौ बाहिर मोफसलमा केन्द्रिय कार्यलय रहेको शाइन बैंकले २०८१ पुस मसान्तसम्मको वित्तिय विवरण अनुसार रु ६९ अर्ब ७२ करोड बचत निक्षेप ३६.९३ प्रतिशत र मुद्दती निक्षेप ५६.७४ प्रतिशत कुल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको जानकारी गराएको छ ।
त्यस्तै कर्जा लगानीमा ५७ अर्ब ४९ करोड रहेको व्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५१.९१ प्रतिशत , आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, अन्य व्यवसाय कर्जामा जस्तै अस्पताल, शिक्षा आदिमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराए ।

प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेललका अनुसार राज्यको दाखिला अन्तरगत आर्थिक वर्ष २०८१।०८१ म ब्याजकर, पारिश्रमिक कर लगायत अन्य शिर्षकमा गरी श्रोतमा कर कट्ीतर्फ रु ३५ करोड ५७ लाख ८० हजार, आयकरतर्फरु ३७ करोड०६ लाख ६६ हजार गरी कुल रु ७२ करोड ६४ लाख ४६ हजार सरकारी कोषमा जम्मा गरिएको छ ।
त्यसतै चालु आर्थिक आर्थिक वर्ष २०८१।०८२ को पुस मसान्तसम्म अग्रिम आयकरतर्फ रु १७ करोड ९८ लाख ७३ हजार र ब्याजकर पारिश्रमिक कर, लाभांस कर लगायत अन्य शिर्षकमा गरी ।ोतमा कर कट्ीतर्फ रु १६ करोड ९३ लाख ६४ हजार गरी कुल ३४ करोड ९२ लाख ३७ हजार जम्मा गरिएको छ ।
देशभर कार्यक्षेत्र रहेको शाइन रेसुगां डेभलपमेण्ट बैंकको लुम्बिनी प्रदेशका रोल्पा रुकुमबाहेक १० जिल्लामा ७२ वटा शाखा कार्यालय र एउटा एक्सटेसन्सन कार्यालयहरु सञ्चालनमा छन् ।
७ लाख ३५ हजार बढी ग्राहक संख्या रहेको र ७ सय ७० जना कर्मचारी कार्यरत रहेको बैंकले बताएको छ । जसमा पुरुष कर्मचारी ६१.५५ प्रतिशत र महिला कर्मचारी ३८.४५ प्रतिशत रहेकोसमेत बैंकले जानकारी गराएको छ ।
वित्तिय क्षेत्रका बाबाजुद सामाजिक क्षेत्रमा काम गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्व अनुसार बातावारण संरक्षण, शिक्षा, स्वास्थ्य र खेलकुंदको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरेको छ ।
बैंकले आफ्नो १७ औं वार्षिकोत्सवका अबसरमा उत्कृष्ट शाखाहरुलाई अवार्ड प्रदान गर्दै सम्मान गरेको छ ।
बर्दियाको बडरनिया शाखा, रुपन्देहीको शूर्यपुरा शाखा, प्यूठान विजुवारको शाखा, गुल्मी खैरीनेकको शाखा र बुटवलको योगिकुटी शाखालाइृ उत्कृष्ट शाखाको रुपमा बैंकले अवार्डसहित सम्मान गरेको हो ।

शाइन डेभलपमेण्ट बैंकले स्थापना गरेको शाइन आर्थिक पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार दामोदर खनाललाई सम्मान गरेको छ ।
३२ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका पत्रकार दामोदर खनाललाई बैंकका अध्यक्ष थानेश्वर पौडेल र प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले रु ५० हजार नगदसहित सम्मान पत्रले पुरस्कृत गर्दै सम्मान गरेका हुन् ।
—–
दौड प्रतियोगिताको उपधाधि सन्तोषी र मिङमारले जिते
बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेण्ट बैंकले आयोजना गरेको दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जित्न सफल भएका छन् । आइतबार बिहान सम्पन्न १० मिलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशीको ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका हुन् ।

शाइन रेसुंगा डेभलपमेण्ट बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा दौड प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँको पुरस्कार हाता पारेका छन् । उनीहरुलाई एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिएको थियो ।
सन्तोषीले निर्धारित दूरी ३६.२१ सेकेन्डमा पूरा गरिन् । पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथो र नारायणी भण्डारी पाँचौं बन्न सफल भइन । पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडुवाल पाँचौं भएको बैंकले जनाएको छ ।
दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
स्थानीय पाँच किलोमिटर दौडमा शिव रायमाझी र पुजा पछाई विजेता बनेका छन् । पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथो बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं भएका छन् ।
भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनेका छन् ।
पुरुषतर्फ युव बहादुर राना प्रथम, गोविन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भएका छन् । दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् । ६ सय जनाले प्रतियोगितामा प्रतिष्पर्दा गरेको
——
सोही कार्यक्रममा बोल्दै बैंकका अध्यक्षले वित्तिय कारोवारसंगै समाजप्रति उत्तरदायि भएर सामाजिक काम गरिएको बताए । उनले अग्रणी बैंकको रुपमा बैकं स्थापित भैसकेको बताउंदै स्वासथ्यलाई दृष्टिगत गरी दौड प्रतियोगिता आयोजना गरिउको र यसलाई निरन्तरता दिने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंकले सफलता प्राप्त गरेको बताउंदै दौड प्रतियोगिताले स्वास्थ्यमा लाभ पुराउने बताए । बैंकले आइतबार आफ्नै कार्यालय परिषरबाट दौडप्रतियोगिताको आयोजना र रुपन्देही तिलोत्तमास्थित मणिग्रामको ड्रिमल्याण्ड होटलमा विशेष कार्यक्रमको आयोजना १७ औं वार्षिकोत्सव मनाएको हो ।






















