एमालेको दबाब सहन सकिन्न, बरु सरकार छोडिन्छ – गगन

प्यूठान, फागुन १२ गते । कांग्रेसका महामनत्री गगन थापाले एमालेको कुनैपनि दबाब सहन नसकिने बताएका छन् । संयुक्त रुपमा सरकार चलाई रहंदा एमालेको अपमान सहन नसकिने बताए ।

सोमबार प्यूठानमा आयोजिक कांगे्रसको सभामा बोल्दे महामन्त्री थापाले विधिको शासनमा कसैंग सम्झौत गर्न नसकिने बताउंदै विधिको शासनमा सम्झौता गर्नुपर्ने अवस्था आए सरकार छोड्ने दाबी गरे ।

सरकार सञ्चालनमा कांगे्रस इमान्दार बन्छ, सरकार बनाउंदाका समझदारी पालना गर्छौ, समभझदारी कायम गर्छौ, यती गर्दापनि एमाले सही ढंगले नचले सरकार छोड्छौ उनले भने ।

एमालेसंग मिलेर संयुक्त रुपमा सरकार बनाउंदाका सर्तहरू छन्, ति पालना गछौं, तर अपमान सहदैनौ बरु सरकार छोडछौ भन्दै एमालेलाई चेतावनी दिए । केन्द्रदेखि जिल्लासम्म कांगे्रस, एमालेको बराबर सम्बन्ध हुनुपर्ने बताउंदै त्यसमा तलमाथि भए कांगे्रसले अपमान सहन नसक्ने महामन्त्री थापाको भनाइ छ ।