दोष अर्कालाईः अघिल्लो भ्रष्ट सरकारको कारण ग्रे लिस्टमा परियो

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिस्टमा परेको बताएका छन् । मन्त्री गुरुङले नेपाल ग्रे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताए ।

अघिल्लो सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने कानूनी सुधारको काम नगरेर नेपाल ग्रे लिस्टमा परेको आरोप लगाए । एपिजी एसिया÷प्रशान्त क्षेत्रका सम्पत्ति शुद्धीकरण सम्बन्धी काम गर्ने अन्तरसरकारी समूहले दिएको प्रतिवेदनले औल्याएको काम नगर्दा ग्रे लिस्टमा परेको बताए ।

अब १ वर्ष भित्र ग्रे लिस्टुबाट बाहिर निस्कने गरी सुधारको काम गर्ने बताए । प्रतिपक्षमा पुगेर वर्तमान सरकारलाई गाली गरे पनि नेपाल सम्पत्ति शुद्धीकरणको ुग्रे लिस्टुमा परेको नैतिक जिम्मेवारी नेतृत्वको सरकारले लिनुपर्ने बताए ।

अब ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सबै नीतिगत कानूनी र कार्यान्वयनमा सुधार गरेर कार्य सम्पादन हुने मन्त्री गुरुङले बताए । योजनाबद्ध रूपमा काम गरेर ग्रे लिस्ट बाहिर आउने बताए ।